मोरङसुनसरी सेवा समाजको बहराईन प्रवास शाखाले संस्थाको चौथो साधारणसभासहित नयाँ कार्यसमिति चयन गरेको छ । शुक्रबार बहराईनको सनदस्थित अल फरहान स्वीमिङ पुलको सभाहलमा आयोजित सो साधारणसभाको अध्यक्षता निवर्तमान अध्यक्ष समाजसेवी ज्ञानबहादुर मगरले गरेका थिए । सोही कार्यक्रमको बन्दसत्रबाट सामाजिक अगुवा दिपक कुमार दुलालको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । जसको उपाध्यक्षमा द्वय सन्त कुमार न्यौपाने र बोध नारायण गच्छदार रहेका छन् । यस्तै सचिवमा डिल्ली प्रसाद सुबेदी, सह(सचिबमा मदन कुमार बिस्ट, कोषाधक्ष्यमा दिपक तामाङ्ग, सह–कोषाध्यक्षमा हरि कुमार सुबेदी चुनिएका हुन् । यस्तै सदस्यहरुमा सागर श्रेष्ठ, भिम सुबेदी, रिता कटवाल, डिल्ली कुमार श्रेष्ठ र नानु माया श्रेष्ठ रहेको नवनिर्वाचित उपाध्यक्ष गच्छदारले बताए ।
रत्न सूर्य मगरको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा प्रवास समिति संयोजक विनोद भट्टराई, मोसु कतारका अध्यक्ष भिम बराइली, मोसु बहराइन प्रमुख सल्लाहकार श्री हरि कुमार श्रेष्ठसहित मोसुका पूर्व तथा वर्तमान कार्यसमितिका पदाधिकारीलगायतका मोसु सम्बद्ध व्यक्तित्वहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभाध्यक्ष ज्ञान बहादुर मगरले सामाजिक अभियानकै लागि जन्मेको संस्थाका सामाजिक उत्तरदायिक्व स्वदेश तथा प्रवासमा गरिरहेको र यो गति नरोकिने बताए । उनले आफ्नो कार्यकाल सफल बनाउन समयको बाबजुद पनि संस्थालाई समय दिएर अहोरात्र खटिने कार्यसमिति, सल्लाहकार, केन्द्रीय पदाधिकारी, अन्य शाखाका पदाधिकारीहरु सबैलाई धन्यवाद समेत दिएको जानकारी उपाध्यक्ष गच्छदारले सामाजिक सञ्जाल फेसबुक म्यसेन्जरमार्फत जानकराी गराएका छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो