इटहरी । नेपालमा रोजगारी अभावले वैदेशिक रोजगारी आकर्षित भएको भन्ने आरोप झेलिरहेको सरकारले निर्वाचन प्रयोजनका लागि रोजगारी दिन आब्ह्वान गर्दा आकर्षण न्युन देखिएको छ । खास गरेर शान्ति सुव्यवस्था कायम गर्नका लागि आवशयक निर्वाचन प्रहरीमा यस्तो सर्वसाधारणको आकर्षण न्युन देखिएको हो । कतिपय जिल्लामा मागअनुसार उत्तीर्ण नभएपछि दरखास्तका लागि दोसोपटक म्याद थप गरिएको छ। काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछापलगायत विभिन्न पहाडी जिल्लामा मागभन्दा कम उत्तीर्ण भएका छन्। परीक्षा सकिएपछि ती जिल्लामा निर्वाचन प्रहरीका लागि फेरि दुई दिनको समय दिएर दरखास्त आह्वान गरिएको छ। माघ १० र ११ गतेसम्म आवेदन दिन सक्ने गरी समय थप गरिएको छ।
धेरै जिल्लामा मागअनुसार आवेदन नै नपरेपछि एक हप्ताको म्याद दुई दिन थप गरिएको थियो। त्यति गर्दा पनि मागअनुसार निर्वाचन प्रहरीमा दरखास्त नपरेको हो। पहिलोपटक यसरी निर्वाचन प्रहरीमा मागभन्दा न्यून आवेदन परेको प्रहरी अधिकारी बताउँछन। न्यून सेवा–सुविधाका कारण निर्वाचन प्रहरीमा आकर्षण नभएको हो। ४० दिनका लागि भर्ना हुन लागेका उनीहरूले प्रहरी जवानको बराबर तलब र रासन सुविधा पाउनेछन्।
२१ फागुनको निर्वाचनका लागि नेपाल प्रहरीतर्फ एक लाख ३३ हजार ९८० तथा सशस्त्र प्रहरी बलतर्फ १५ हजार ११० निर्वाचन प्रहरी भर्ना गर्न लागिएको छ। आगामी १५ माघदेखि उनीहरूलाई तालिम दिने तयारी छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो