मेष – थोरैमात्र उपलब्धि प्राप्त गर्न पनि निकै मिहिनेत गर्नुपर्ने समय छ । काम पूरा नहुनाले मन खिन्न रहला । अनावश्यक भ्रमण र अरूका काममा समय बित्न सक्छ । स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ, सचेत रहनुहोला । इष्टमित्र एवम् सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । मित्रभाव वृद्धि होला ।
वृष – सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने दिन छ । समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ । मेहनतअनुसार फाइदा कमै होला । लेनदेनमा विवाद हुन सक्छ, सावधान रहनुहोला । विगतका समस्या बल्झिन सक्छन् । तर पारिवारिक समस्याको समाधान मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइने समय छ । अरूले फसाउन सक्छन्, सचेत रहनु हितकर होला । कमजोर भएको अनुभूति हुनेछ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ, धैर्यले काम लिनुहोला । यात्रामा सफलता प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त होला ।
कर्कट – दिगो फाइदाका लागि लगानी बढाउन सकिने समय छ । प्रतिस्पर्धामा विजयी भइनेछ । व्यापारलगायत आर्थिक काममा राम्रै फाइदा हुनेछ । परिवारजनका आवश्यकता पूरा हुनेछन् । आयबल बढ्नेछ । दायित्व वृद्धि हुनेछ । रसरागमा आकर्षण रहला ।
सिंह – रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । मित्रजनको साथ मिल्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काम सफल हुनेछ । पारिवारिक सुख शांति मिल्नेछ ।
कन्या – प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुने समय छ । सवारीसाधन उपयोग गर्दा चाहिँ आजको दिन विशेष सावधानी अपनाउनुहोला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, बोली र व्यवहारमा संयमता अपनाउनुहोला । मान–महत्वमा कमी आउनेछैन । यात्रामा सफलता प्राप्त हुनेछ । आफन्तको साथ मिल्नेछ ।
तुला – लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्नेछ । कामको चापबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । रसरागमा आकर्षण बढ्नेछ । योजना र बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्य जीवन सुखमय बन्नेछ । आरोग्यता र प्रेमबल बढ्नेछ । सुख–सुविधाको बस्तु किन्नुहुनेछ । शत्रुलाई जित्ने क्षमता वृद्धि हुनेछ ।
धनु – कामको दायित्व बढ्ने समय छ । तपाईंको इर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । स्वास्थ्यप्रति सजग रहनु हितकर हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।
मकर – व्यावसायिक काममा खर्च बढ्नेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले दुःखी बनाउला । प्रतिकुलताका बाबजुद साहस वृद्धि हुनेछ । सन्तान पक्षले खुशी तुल्याउलान् । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । नयाँ र विशेष योजना कार्यान्वयनमा ल्याउन भने मुस्किल पर्ने योग छ । व्यस्तता बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्नेछ ।
मीन – समय शुभदायी छ । व्यापारमा प्रशस्त फाइदा हुने समय छ । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । भौतिक साधन जुट्नेछ । आयआर्जन पनि राम्रै हुनेछ । रसरागमा आकर्षण बढ्ला । वार्तामा सफलता मिल्नेछ । समस्याको समाधान प्राप्त होला ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो