एसिया कप क्रिकेटमा पाकिस्तानी खेलाडी को को उत्रिँदैछन मैदानमा ?

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल एजेन्सी

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत पहिलो खेलमा नेपालविरुद्ध उत्रने पाकिस्तानी टोलीको टुंगो लागेको छ । पाकिस्तानले मंगलबार प्लेइङ–११ सार्वजनिक गरेको छ ।

बाबर आजमको कप्तानीमा रहेको टोलीमा मोहम्मद रिजवान, फखर जमान, इमाम उल हक,आघा सलमान र इफ्तिखर अहमद छन् । यस्तै सदाब खान, मोहम्मद नवाज, नसिम शाह, ह्यारिस रौफ र साहिन शाह अफ्रिदी पनि प्लेइङ–११ मा छन् । पाकिस्तानले सबै पहिलो रोजाईका खेलाडीलाई उतार्न लागेको हो । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र पाकिस्तान पहिलोपटक भिड्न लागेका हुन् । नेपालले पहिलोपटक एसिया कप खेल्न लागेको हो ।

खगेन्द्र कार्की
प्रतिक्रिया