इटहरी । इटहरीस्थित कस्तुरी कलेजले आगामी शैक्षिक सत्र २०८१/८२ का लागि सूचना प्रविधि (बीआईटी), व्यवसाय प्रशासन (बिबिए), व्यवसाय अध्ययन (बिबिएस) र स्नातकोत्तर व्यवसाय अध्ययन (एमबिएस) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। उक्त जानकारी कलेजले आज पत्रकार सम्मेलन आयोजना गरेर सार्वजनिक गरेको हो।
कार्यक्रम कलेजका अध्यक्ष केदार प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो। पत्रकार सम्मेलनमा कलेजका पदाधिकारीहरूले विज्ञान, व्यवस्थापन तथा गणित विषयमा कक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनको अवसर प्रदान गरिने जानकारी दिए।
कलेजका अनुसार सूचना प्रविधि (बीआईटी) कार्यक्रम प्रविधिमा रुचि राख्ने विद्यार्थीहरूका लागि चारवर्षे स्नातक तहको अध्ययन हुनेछ। त्यस्तै, व्यवसाय प्रशासन (बिबिए) कार्यक्रम व्यवस्थापनमा आधारित चारवर्षे स्नातक तहको हो। कलेजका अनुसार अघिल्ला वर्षहरूमा बिबिए अध्ययन गरेका १६ जना विद्यार्थी नेपालकै उत्कृष्ट १० मा पर्न सफल भएका थिए भने एक जना त नेपालकै सर्वश्रेष्ठ विद्यार्थी घोषित भएका थिए।
यस्तै, व्यवस्थापन संकायअन्तर्गत व्यवसाय अध्ययन (बिबिएस) तथा स्नातकोत्तर तहको व्यवसाय अध्ययन (एमबिएस) कार्यक्रमहरू पनि कलेजले सञ्चालन गर्दै आएको छ।
कलेजले सबै कार्यक्रमहरूमा आगामी भदौ ३० गतेसम्म भर्ना फारम बुझाउन सकिने जानकारी दिएको छ। कलेजका पदाधिकारीहरूका अनुसार अध्ययनसँगै व्यावसायिक तथा प्राविधिक सीप विकास गर्ने वातावरण समेत कलेजमा सुनिश्चित गरिएको छ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो