झापा । झापा–३ को चुनाव राजनीतिक सरगर्मी बढ्दो छ । यस क्षेत्रमा २ पटक विजय भएर सांसद बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देन ‘ह्याट्रिक’ गर्ने दाउमा छन भने १२ वर्षपछि आफ्नो चुनावचिन्हमा भोट हाल्न पाएको एमाले जीत निकाल्ने कसरमा उत्तिकै लागेको छ । एमालेले यस पटक उक्त क्षेत्रमा निर्णायक मत बन्ने आदिवासी समुदायबाटै हरिबहादुर राजवंशीलाई चुनावी मैदानमा उतारेपछि उसको चुनावी अंकगणित अलि सहज देखिएको छ । यता सोही क्ष्ोत्रमा नेपाली कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे प्रतिस्पर्धामा छन्।
झापा–३ लाई यसपालि पनि राष्ट्रिय ध्यान तान्ने क्षेत्र मानिएको छ। विगतमा ‘हेभीवेट’ नेता कृष्णप्रसाद सिटौलाको कारण चर्चामा आउने यो क्षेत्र सिटौला उम्मेदवार नबनेपछि राप्रपालाई केही सहज बनेको देखिन्छ। लिङ्देनले सिटौलालाई २०७४ र २०७९ को प्रतिनिधिसभा चुनावमा हराउँदै क्षेत्र आफ्नो पक्षमा तानेका थिए।
यसपालि झापा–३ मा प्रमुख प्रतिस्पर्धा राप्रपा, एमाले र कांग्रेसबीच देखिएको छ। उम्मेदवारहरूमा राप्रपाबाट अध्यक्ष लिङ्देन, कांग्रेसबाट राजेन्द्रकुमार घिमिरे, एमालेबाट हरिबहादुर राजवंशी, रास्वपाबाट प्रकाश पाठक, नेकपाबाट डिल्लीराम ९हिक्मत० घिमिरे, श्रम संस्कृति पार्टीबाट दीपक तिम्सिना, जसपाबाट अभयराज राजवंशी तथा स्वतन्त्र उम्मेदवार मानप्रकाश सङ्ग्रौला छन्।
आदिवासी बहुल जनसंख्या भएको यस क्षेत्रमा आदिवासी मतदाताको समर्थन जो उमेदवारले जित्छ, उसैको जितको सम्भावना बढी रहने विश्लेषण छ।
एमाले १२ वर्षपछि ‘सूर्य’ चिन्हमा भोट हाल्न पाउने उत्साहमा छ। पार्टी पङ्क्तिले तीन दशकदेखि सक्रिय उम्मेदवार हरिबहादुर राजवंशीलाई जिताउने लक्ष्य लिएको छ। उनी शिक्षण पेशाबाट आएका, सहारा साकोसका अध्यक्ष र बेदाग छविका उम्मेदवारका रूपमा परिचित छन्। एमालेका पूर्व सांसद् बसन्तकुमार बानियाँका अनुसार, यी कारणले राजवंशीको जित “लगभग निश्चित” देखिन्छ।
राप्रपाका लिङ्देनलाई भने सिटौला मैदानमा नआएपछि फाइदा भएको विश्लेषण छ। २०७९ मा उनले एमालेसँगको गठबन्धनबाट ४० हजार ६६२ मत ल्याएका थिए भने कांग्रेसका सिटौलाले ३७ हजार ३८६ मत पाएका थिए। यसपटक कांग्रेसका घिमिरे ती मत सुरक्षित गर्ने रणनीतिमा छन्, तर सिटौला पक्षको सहयोग–असहयोगले नतिजामा निर्णायक भूमिका खेल्ने धेरैको बुझाइ छ।
२०७९ को समानुपातिक मतका हिसाबले कांग्रेस पहिलो दल बनेको थियो ९२५,५३५ मत०, त्यसपछि राप्रपा ९१९,७४३०, एमाले ९१९,४६०० र रास्वपा ९७,८१२० रहेका थिए।
झापा–३ अन्तर्गत भद्रपुर नगरपालिका, कचनकवल, हल्दिबारी, बाह्रदशी गाउँपालिका र बिर्तामोडको १० नम्बर वडा पर्छ। यहाँ कुल मतदाता एक लाख ४० हजार ८५७ छन्, जसमा करिब ९ हजार ४ सय नयाँ मतदाता थपिएका छन्।
राप्रपाकी समानुपातिक सांसद् निमसरी राजवंशीले लिङ्देन सबैसँग मिल्ने नेता भएकाले जित पक्का भएको बताएकी छन्, भने कांग्रेस क्षेत्रीय सभापति गणेश पोखरेलले पार्टी एकजुट भएर चुनावी तयारीमा लागेको बताएका छन्।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो