इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टीबीचको एकता एकाएक तोडिएको छ । उज्यालो नेपालको तर्फबाट अगाडि बढेका कुलमान घिसिङले अनावश्यक रुपमा विभिन्न पदहरुमा दबाब बढाएपछि दूई पार्टीबीचको एकता तोडिएको हो । यद्यपि उज्यालो नेपाल पार्टीका केही समानुपातिकका उम्मेदवार भने रास्वपामै रहने बताएका छन् । पार्टी पार्टीबीचको एकता थियो कुलमान घिसिङ बाहिरिँदा पनि फरक नपर्ने ति नेताले बताउँदै गर्दा राजनीतिका लागि संघीय मन्त्रीसमेत गुमाइसकेका कुलमानले एकता प्रक्रिया विथोलिने गरी अनावश्यक वार्गेनिङ गरेको रास्वपाका नेताहरुले समेत बताएका छन् । कुलमानलाई लोभले लाभ र लाभले विलाप झै भएको छ । मन्त्री पद गुमाए, उपसभापतिसहितको एकता मात्र तोडिएन उनले पाएका समानुपातिक सिट पनि गुम्यो । रास्वपाले कुलमानलाई दिएका समानुपातिक सिट परिमार्जन गरेर निर्वाचन आयोगमा अद्यावधिक (संशोधित) सूचि बुझाइसकेको जनाएको छ ।
आइतबार बिहान आयोगको कार्यालय पुगेर पार्टीले उम्मेदवारहरूको अद्यावधिक सूची दर्ता गराएको कोशी प्रदेशका महासचिव लालविक्रम थापाले बताए ।
यसअघि रास्वपाले आयोगले तोकेको समयसीमा भित्रै ११० जना समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाएको थियो। तर, उज्यालो नेपाल पार्टीसँगको एकता प्रक्रिया टुङ्गिएपछि र केही उम्मेदवारहरूले आफ्नो नाम फिर्ता लिएपछि रास्वपाले सूची परिमार्जन गर्नु परेको हो ।
उज्यालो नेपाल पार्टीका कुलमान घिसिङ रास्वपाको उपसभापति बन्ने समझदारीसहित एकता प्रक्रियामा सामेल भएका थिए । सोही समझदारी अनुसार घिसिङको तर्फबाट १८ जना उम्मेदवारहरू रास्वपाको समानुपातिक सूचीमा समेटिएका थिए।
तर, पछिल्लो राजनीतिक घटनाक्रमसँगै एकता प्रक्रिया तोडियो । घिसिङले उपसभापतिसहित धेरै पद मागेपछि रास्वपासँगको एकता तोडिएको नेताहरूले दाबी गरेका छन् भने घिसिङले रास्वपाले एकपक्षीय रुपमा एकता तोडेको आरोप लगाउँदै अध्यक्ष बनेर उज्यालो नेपाल पार्टीकै नेतृत्व सम्हालेका छन् । रास्वपाको पक्षबाट समावेश भएका उम्मेदवारको नाम हटाएर रास्वपाले संशोधित सूची आयोगमा बुझाएको हो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो