सप्तरीमा ८१ वटा मिटरब्याजीको निवेदनबाट ४ करोड ४६ लाख रुपैया, २ करोड ८८ लाख बढीको समसुक नष्ट, १२ विगाहा बढी जग्गा साहुबाट फिर्र्ता

खगेन्द्र कार्की

राजविराज । देशभर आगो झै फैलिएको मिटरब्याजीहरुको आन्दोलन बल्ल सार्थक बन्न थालेको छ । देशभरमा मिटरब्याजीहरुको समस्या समाधानमा सम्बन्धित निकाय लागेका छन् । सोही विषयमा सप्तरी जिल्ला पनि मिटरब्याजी पीडितको ठूलो संख्या रहेको जिल्ला हो त्यहाँ १ हजार ५ सय ७९ वटा निवेदन परेकामा जिल्ला प्रशासन कार्यालयले ८१ वटा निवेदनलाई किनारा लगाएको छ ।  

निवेदन उपर जिल्ला प्रशासन कार्यालयमा दैनिक छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिए। उनले भने, ‘अहिले दुई ठाउँमा राखेर छलफल भइरहेको छ, छिटोभन्दा छिटो मुद्दा टुङ्गियोस् भन्ने हाम्रो चाहना छ ।’ उनका अनुसार मिटरब्याज पीडितले दिएको निवेदनका आधारमा पीडित र पीडकलाई बोलाएर छलफल गर्ने गरिएको छ ।

पीडित र पीडकको तर्फबाट एकरएक, जिल्ला प्रशासन कार्यालयका एक जना र जिल्ला प्रहरी कार्यालयका एक जना राखेर छलफल चलाइएको प्रजिअ थापाले जानकारी दिए । आवश्यक पर्दा मालपोत, नापीका कर्मचारीलाई पनि छलफलमा सहभागी गराइने गरेको उनले बताए । उनका अनुसार अहिलेसम्म आठ सय तीन पटक छलफल भइसकेको छ । उनले निवेदन परेका मिटरब्याजसम्बन्धी मध्ये ८१ वटा निवेदन फर्छ्योट हुँदा  चार करोड ७६ लाख पीडितले साहुलाई तिराएको छ । दुई करोड ८८ लाख ४४ हजारको तमसुक च्यातिएको छ भने १२ बिघा १२ कठ्ठा १६ धुर जग्गा पीडितलाई फिर्ता भएको प्रजिअ थापाले जानकारी दिए ।

खगेन्द्र कार्की
प्रतिक्रिया