दमक/ देशको राजनीति बिग्रनुमा उद्योगी, व्यवसायीहरुको हात रहेको दमकमा आयोजित एक कार्यक्रममा बताइएको छ । दमक उद्योग वाणिज्य संघको १९ औं शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रम शुक्रबार निवर्तमान वरिष्ठ उपाध्यक्ष राजकुमार योङ्याले बताएका हुन । उनले उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठलाई अबका दिनमा कुनै पनि उद्योग व्यवसायीले राजनीतिक दललाई चन्दा दिन नपर्ने घोषणा गर्न माग समेत गरे । ५० हजार खर्च गरेर ५ जनाको परिवार पाल्नु भन्दा ५० लाख खर्च गरेर मेक्सिकोको जंगल हुँदै युरोप छिरेर आनन्दले बस्न चाहने वातावरण राजनीतिले बनाएको आरोप पनि लगाए । उनले भने राजनीति भनेको देश बनाउने हो तर राजनीति सही नहुँदा आम मानिसले दुःख पाउने आधार बन्दो रहेछ जसको चंगुलमा हामी फसेको उनले सुनाए । उनले देश बिग्रनुका तीन कारण पनि सुनाए । उनले भने पहिलो बुढापाकाहरुले नै बारम्बार देशमा सत्ता र शक्तिमा बसिरहनु, अयोग्य वा असक्षमहरुको चंगुलमा पर्नु, हेर्दा पढेलेखेका तर काम गर्ने तौरतरिका नजान्नेहरुको बोलवाला हुनु र तेस्रो भ्रष्टहरुको दबदबा कायम हुनुले नै राजनीति बिग्रेको र त्यो राजनीतिले देश बिगारेको दृष्टान्त उनले प्रस्तुत गरे । उक्त फोरमबाटै भ्रष्ट र अयोग्यहरुलाई उद्यमी व्यवसायीले पक्षपोषण गरेर, चन्दा दिएर वा सहयोग गर्नुले पनि राजनीति बिग्रिएको कारणले अबका दिनमा कुनै पनि प्रकारको चन्दा दिन नपर्ने व्यवस्था गरिदिन प्रमुख अतिथि तथा भोलिका महासंघको केन्द्रीय नेतृत्वमा पुग्ने तयारीमा रहेका श्रेष्ठलाई आग्रह समेत गरे । त्यो उनको आवज हलबाट फुत्किँदै गर्दा हलमा गडागडाहट तालिकले उनको त्यो बोलीलाई अनुमोदन समेत गरेको थियो । यस कारणले दमकबाट राजनीतिक दललाई अब चन्दा नदिने घोषणा गरे भन्दा शायद गल्ति नहोला ।
दमक–६ स्थित मातृभूमि पार्टी प्यालेसको सभाहलमा आयोजित सो कार्यक्रमको अध्यक्षता नवनिर्वाचित अध्यक्ष देवीप्रसाद गुरागाई (गोपाल)ले गरेका थिए ।
पुस १८ गते भएको निर्वाचनबाट विजयी दउवा संघका नवनियुक्त पदाधिकारीहरुको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । नवनिर्वाचित अध्यक्ष गुरागाईलाई निर्वाचन अधिकृत लिलानाथ गुरागाईल र संघका निर्वाचित पदाधिकारी सदस्य तथा लेखा समिति संयोजक र कार्यसमिति सदस्यहरुलाई अध्यक्ष गुरागाईले सपथ खुवाएका थिए ।
शपथ लिनेमा अध्यक्ष गुरागाईसहित वरिष्ठ उपाध्यक्षमा भगवान बस्नेत, प्रथम उपाध्यक्षमा रुवल अधिकारी, द्वितीय उपाध्यक्षमा टिकाराम खतिवडा, तृतीय उपाध्यक्षमा सुवास गड्तौला र महिला उपाध्यक्षमा संगीता तुम्बापो रहेका थिए भने सदस्यहरुमा भरत दुलाल, चिरन न्यौपाने, कविन श्रेष्ठ, कुमार श्रेष्ठ, टंकप्रसाद आचार्य र सहदेव भटटराई, हेमसागर अधिकारी, कृष्णराज दाहाल, टंक ढकाल, डुका कुमाल, बुद्धिशेखर बजगाई, गोकुल खड्का, खेमराज पाण्डे, दुई महिला सदस्यहरुमा संगीता प्रसाई र उर्मिला गुरुङ र लेखा समिति संयोजकमा भेनस श्रेष्ठ, रुपक सापकोटा र राजकुमार अधिकारीले शपथ लिएका हुन । यसैगरी, सोही कार्यक्रमबाट निवर्तमान कार्य समितिलाई स–सम्मानसहित बिदाई गरिएको छ ।
सो कार्यक्रममा प्रदेश सभा सदस्य होम बहादुर थापा, दमक नगरप्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाईको विशिष्ट आतिथ्यता रहेका थिए । कार्यक्रममा संघका पूर्व अध्यक्षहरु प्रकाश प्रसाई, राजेन्द्र ढकाल, घनेन्द्र सुब्बा लगायत दमकका विभिन्न वडाका वडाध्यक्षहरु, विभिन्न सुरक्षा निकायका प्रमुखहरु, सामाजिक संघ संस्था तथा राजनीतिक दलका प्रतिनिधिहरु, कोशी प्रदेशका विभिन्न जिल्ला तथा पालिकास्तरका उद्योग वाणिज्य संघका अध्यक्ष तथा प्रनिधिधि, उद्योग व्यवसायका प्रमुख तथा प्रतिनिधिहरु लगायतको आतिथ्यता रहेको थियो ।
सो कार्यक्रममा निवर्तमान पदाधिकारीलाई प्रशंसापत्र प्रदान गरिएकोथियो भने अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । सो कार्यक्रममा बोल्दै अध्यक्ष गुरागाईले उद्योग वाणिज्य संघका निवर्तमान पदाधिकारी, सरकारी विभिन्न निकायहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रम संयोजक समेत रहेका संजिव बरालले स्वागत मन्तव्य राखेको सो कार्यक्रम राजकुमार योङयाले सञ्चालन गरेका थिए ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो