मोरङ। मोरङको बेलबारी २ मा रहेको सुदर्शन मल्टी एग्रो पार्क एण्ड रिसोर्ट पर्यटन तथा होटल व्यवसायको नयाँ आयाम बनि रहेको छ। ६ वर्ष देखि होटल तथा पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउन सुदर्शन एग्रोले महत्त्वपूर्ण कार्य गर्दै आएको छ।
४ बिघा जग्गामा प्राकृतिक तथा हराभरा वातावरण संरक्षण गर्दै आगन्तुक पर्यटक तथा सेवाग्राहीलाई आफ्नै उत्पादित साग सब्जी, माछा मासु तथा फलफूल पस्किएर सुदर्शन मल्टी एग्रो पार्क एण्ड रिसोर्टले स्वागत गरी रहेको छ।
प्राकृतिक वनावटको दृष्टिकोण बाट पनि उतिकै सुन्दर रहेको सुदर्शन एग्रो बेलबारीले पर्यटन व्यवसायलाई पनि नयाँ आयाम दिएको छ। नेपालका विभिन्न स्थान झापा, पोखरा, कास्की, काठमाडौँ लगायत भारतको सिक्किम, दार्जीलिङ, विहार लगायतका ठाउँ बाट पनि मानिसहरू यस रिसोर्टमा आउने गरेको रिसोर्टका मेनेजर भजन राई बताउँछन्। उनले विषेशगरी शान्त वातावरण मन पराउने, शान्त वातावरणमा आफ्ना रचनाहरु निर्माण गर्ने अनुसन्धानकर्ता लगायतका मानिसहरू बढी आउने गरेको जानकारी दिएका छन्।
व्यस्त सहर धरान, इटहरी, विराट चोक लगायत बेलबारी भएका बावजुत पनि शान्त वातावरणमा नै स्वस्थ्यकर खानाका परिकार, बस्नका लागि व्यवस्थित बासस्थान भएकाले पनि मानिसको रोजाइमा पर्ने गरेको छ।
यसै सुदर्शन मल्टी एग्रो पार्क एण्ड रिसोर्टले आफ्नो जग्गामा माछा पोखरी, बङ्गुर साथै खसि बाख्रा र कुखुराहरु पालन तथा उत्पादन गरिरहेको छ। यी उत्पादनलाई आवश्यकता अनुसार आगन्तुक पाहुनालाई सत्कार लागि प्रयोग गरिने गरेको पनि मेनेजर भजन राई बताउँछन्।
लोहन्द्रा खोलाको किनारमा रिसोर्ट भएकाले पनि पर्यटक तथा आगन्तुक सेवाग्राहीलाई यो ठाउँ रमणीय लाग्ने गर्दछ। संरक्षण गरिएका बोट बिरुवाले पनि पर्यटकलाई आकर्षण गर्नुका साथै आनन्दित तुल्याएको छ।
दयाराम कटेल
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो