हरेक वर्ष झै यस वर्ष पनि भाइचारा, एकता र सद्भाव लिएर सांस्कृतिक पर्व विजया दशमी नजिकिएको छ । हाम्रा आ–आफ्ना आर्थिक हैसियत र आर्थिक उपार्जनका आधारमा हामीहरु दशैंलाई हर्षोल्लाष बनाउने गरिँदै आएका छौं । अहिले परिस्थिति अनुकूल त छैन तर पनि हामीले हाम्रा पुरातन संस्कार र संस्कृतिलाई जगेर्ना गर्दै उत्थानमा लाग्नु नै पर्दछ । आ–आफ्ना संस्कार र संस्कृति अनुसारले दशैंलाई विभिन्न जातजातिहरुले आ–आफ्नै ढंगबाट मनाउने गरेका छन् ।
कोरोनाको प्रकोप आएदेखि नै नेपालीहरु निकै कठिन परिस्थितिबाट गुज्रदै आएका छन् । सीमित स्रोत र साधनलाई मितव्ययी भएर खर्च गर्न कोरोनाकालदेखि नै सिक्दै आएका आम नेपालीका अगाडि भदौ २३ र २४ को जेनजीको आन्दोलन र त्यसपछिको परिस्थिति असहज मात्र बनाएको छैन मानिसमा एकखालको नैरास्यता पलाएको छ । तथापि सांस्कृतिक पवित्र पर्वलाई संरक्षण र सम्बद्र्धन गर्ने जिम्मेवारी पनि तिनै नेपालीले गर्नुपर्ने दायित्व रहन्छ । यि अनेकन घटना, परिघटनाका साथ जीवन जिउन उद्दत रहेका नेपालीको छिट्टै हर्षित बनाउने र राष्ट्रले नयाँ गति लिएर परिवर्तनका पक्षमा जीवन आहुती गर्ने तमाम सहिदका सपना पुरा गर्दै नेपालीका आकांक्षा पुरा गराउने सन्दर्भमा यो दशैं र यसको पवित्रता फलदायी बनोस् । हिजोका गलत रवैया, कुशासन, भ्रष्टाचारको अन्त्य गर्दै सम्बद्ध सबै दलहरुको अबका जनताको चाहना र आवश्यकता अनुसार चल्ने आधार तयार गर्न सफल बनुन् र आम नागरिकलाई सरकार भएको अनुभूति व्यवहारिक रुपमा गराउन सकुन। जेनजी आन्दोलनको म्याण्डेटलाई पुरा गराउनेतर्फ अगाडि बढुन । बेरोजगार बनेका, गाँस, बास र कपास खोसिएका सबैले देशमा सरकार भएको, मानवियता रहेको र सहयोगी भाव नहराएको भन्ने अनुभूति दिन सकोस् ।
यस्तै यस्तै अवस्थाको स्वागत गर्दै भित्रिएको नेपालीको पवित्र र ठूलो पर्व दशैं यही अवस्थामा यो वर्षको बडा दशैं पर्वले सञ्चार जगतलाई सहिमार्गमा हिंडाउन सक्ने क्षमताको विकास गरोस् ।
विभिन्न आरोह अवरोह, चुनौति र सम्भावनाकावीच हाम्रा प्रकाशनहरु राष्ट्रिय युवा जागरण साप्ताहिक, फाष्ट मिडिया नेपाल अनलाईन पोर्टल पनि यहाँसम्म आइपुगेको छ । पाठकहरुको अदभुत माया र विज्ञापनदाताहरुको आशा, अपेक्षा र भरोसाले यहाँसम्म डो¥याउनु हुने तमाम पाठकवर्ग, विज्ञापन दाता, शुभेच्छुक तथा शुभचिन्तकहरुमा धन्यवादसहित आउँदै गरेका दशैं, तिहार, छठ तथा नेपालसम्बत् लगायत अन्य थुप्रै पर्वहरुले स्वागत गरिरहेको सन्दर्भमा आउँदै गरेको यि सबै पर्वहरुले यहाँको व्यक्तिगत, पारिवारिक र व्यवसायिक स्तर माथि उठाउन सकोस् । देश तथा विदेशमा रहनु भएका समस्त नेपालीहरुमा सुख, शान्ति र समृद्धि तथा सुस्वास्थ्य, दीर्घांयु, उन्नति र प्रगतिका लागि युवा जागरण मिडिया प्रा.लि. हार्दिक शुभकामना व्यक्त गर्दछ ।
यस सञ्चारगृहप्रति खेल्नु भएको महत्वपूर्ण भूमिकाको स्मरणसहित उच्च कदर गदै आउँदा दिनमा समेत यहाँको अपार माया, सद्भाव, सहानुभूति, साथ, सहयोगका माध्यमबाट सोही भूमिका निभाउनु हुनेछ भन्ने आशा र विश्वास समेत राखेका छौं । त्यो यहाँहरु र हामीबीचको सम्बन्ध स्थापित गर्न अझ प्रभावकारी बन्दै झांगियोस् भन्ने शुभकामना पनि व्यक्त गर्दछौं ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो