आजको पाठकको पुर्पुरो : वि.सं.२०८० वैशाख २८ गते (तद्अनुसार सन् २०२३ मे ११ तारिख) बिहीबार ज्येष्ठ कृष्ण पक्षको षष्ठी तिथि

खगेन्द्र कार्की

 मेष – सोचेभन्दा कमै फाइदा मिल्ने दिन भए पनि भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन् । इर्ष्या गर्नेहरूबाट सचेत रहनु हितकर होला । नयाँ दायित्व प्राप्तिको योग छ । आरोग्यता बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ ।

वृष – भाग्यबल बढ्ने र जोखिम कम हुने समय छ । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिने र राम्रै आयआर्जन हुने देखिन्छ । तर, आजको आम्दानी सञ्चित भने नहुन सक्छ । सरसापटमा धन खर्च हुने समय भएकोले सावधान रहनुहोला । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले काममा धोका हुन सक्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ला । घरपरिवारको स्थिति अनुकूल रहला ।

मिथुन – प्रतिभाको कदर हुने समय छ । प्रतिष्ठित काम गरेर धेरैको स्याबासी प्राप्त गर्न सकिनेछ । बौद्धिक प्रतिस्पर्धामा अरूलाई उछिन्न सकिनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्ला । धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन् । दिगो आम्दानी हुने काम सुरु गर्ने मौका मिल्ला । रसरागमा आकर्षण बढ्नेछ । दायित्व पूरा गर्नुहुनेछ । मिठो भोजन मिल्नेछ ।

कर्कट – भाग्योन्नतिको समय छ । धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ । ब्यवसायमा पनि प्रशस्तै लाभ हुने योग छ । तथापि, अरूको भर पर्दा धोका हुन सक्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । दामपत्य सुख बढ्नेछ भने आरोग्यता रहनेछ । रोकिएका काम बन्नेछन् । मनोकूलको कर्ममा प्रवृत्ति बढ्ला ।

सिंह – आज केही अवसर जुटे पनि परिस्थिति अलि संघर्षमय रहला । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । ठूलै प्रयत्न गर्दा पनि सामान्य मात्र फाइदा हुनेछ । हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ । अरूको सुझावमा भर नपर्नुहोला । सन्तानबाट सुख प्राप्त हुनेछ । विरोधिमाथि विजय प्राप्त हुनेछ ।

कन्या – आजको दिन प्रतिस्पर्धामा केही कमजोर सावित भइएला । आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला । महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस हुनेछ । सामान्य कामबाट पनि राम्रो लाभ उठाउन सकिनेछ । रसविलासमा रुची बढ्नेछ । यात्रामा सफलता हासिल हुनेछ ।

तुला – सामाजिक काममा रुचि बढ्नेछ । प्रयत्न गर्दा घरेलु काममा फाइदा पुग्ने समय छ । रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला । तपाईंका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । व्यस्तता वृद्धि हुनेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । मन प्रशन्न रहला ।

वृश्चिक – पराक्रम वृद्धि हुनेछ र पनि बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन् । तथापि, व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्ला । विशेष उपहार प्राप्त हुनुका साथै धनलाभ हुनेछ । आफन्तको सहयोग बढ्ला । बौद्धिक र रचनात्मक कार्यमा सफल हुनुकाासाथै आमोद प्रमोदमा रमिरहनु हुनेछ ।

धनु – आजको दिन न्यून उपलब्धिका लागि पनि निकै मिहिनेत गर्नुपर्ला । स्वास्थ्य कमजोर रहनाले जोशजाँगरमा कमी आउनेछ । नयाँ काममा हात हाल्न केही समय पर्खनुहोला । नचिताएको ठाउँमा खर्च हुन सक्छ । पठनपाठनमा समय दिन नसकिएला । शारीरिक र आर्थिक हित हुने काममा लाग्नु उपयुक्त सावित हुनेछ ।

मकर – विरोधिको चलखेल बढेपनि कीर्तिमानी काम सम्पादन हुन सक्ने समय छ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । नयाँ काममा हात हाल्ने समय आएको छ । प्रेमको प्रस्ताव प्राप्त हुने योग छ । ऋण रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्नेछ । रसरागमा रुचि बढ्ला । आशा उत्साह बढ्नेछ ।

कुम्भ – लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन् । सानो प्रयत्नले ठूलो काम सम्पादन होला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । बोली र व्यक्तित्वको माध्यमबाट धेरैलाई मन्त्रमुग्ध बनाउन सकिनेछ । व्यवसायमा लगानी बढाउने मौका जुर्न सक्छ । घरपरिवारको स्थिति अनुकूल रहनेछ ।

मीन – आजको दिन सेवामूलक कामबाट लाभ हुनेछ । सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने योग छ । लामो यात्रा गर्ने अवसर जुट्न सक्छ । नजिकका साथीभाइ टाढिए पनि टाढाका साथीभाइसँग सम्बन्ध जोडिनेछ । पढाइलेखाइमा सामान्य प्रगति हुनेछ । रोगबाट छुट्कारा मिल्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया