इटहरी । नेपाली कांग्रेसले विशेष महाधिवेशनको बन्दसत्रमा पेस भएको ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ । जारी बन्दसत्र हलले पारित गरेको हो ।
कार्यविधि पारित भएसँगै नयाँ नेतृत्व चयन गर्ने बाटो खुलेको छ । कार्यविधिमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद सकिएकाले भङ्ग गर्ने र १५ औँ महाधिवेशन नभएसम्मका लागि नयाँ नेतृत्व चयन गर्ने उल्लेख छ ।
कार्यविधिमा भनिएको छ, ‘नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ ९मंसिर २४ देखि २८० बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकाले केन्द्रीय कार्यसमितिको विघटन गर्ने र नेपाली कांग्रेसको १५ औ महाधिवेशन सम्पन्न नहुँदा सम्मका लागि नँया केन्द्रिय कार्यसमितिको निर्वाचन ।’
नेपाली कांग्रेसको चौधौं महाधिवेशन पश्चात नेपाली कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० बमोजिम विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेतको विघटन गर्ने पनि उल्लेख छ ।
विशेष केन्द्रीय महाधिवेशनवाट केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक ९१० जना संयोजक सहित पाँच ९५० सदस्यीय निर्वाचन समिति गठन, विशेष केन्द्रीय महाधिवेशनले गरेको निर्णय प्रमाणित गर्नका लागि संयोजक सहित ५ सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गर्ने उल्लेख छ ।
केन्द्रीय कार्य समिति र केन्द्रीय कार्य सम्पदान समितिले गरेका निर्णयहरुको पुनरावलोकन, सुधार र आवश्यक देखिएमा उक्त समितिका निर्णयहरु निष्क्रिय तथा खारेजी, पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशन वैधानिक रहेको भनी अनुमोदन समेत गरेको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो