परिवर्तन आमा समूहको ११औं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न

सुप्रिया राई

इटहरी । परिवर्तन आमा समूह इटहरी–१७, जयलक्ष्मीदिप टोलले आफ्नो ११औं वार्षिक साधारणसभा तथा तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमको उद्घाटन इटहरी उपमहानगरपालिकाकी पूर्व उपप्रमुख लक्ष्मी गौतमको प्रमुख आतिथ्यतामा तीज गीतमा नृत्य प्रस्तुत गर्दै गरिएको थियो।

कार्यक्रममा २० जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाइ सम्मान गरिएको साथै विभिन्न मिठा परिकारसहित सामूहिक रूपमा तीज गीतमा नाचगान गरिएको थियो।

समूहकी अध्यक्ष गोमा गीरीका   अनुसार समूहले महिलाहरूलाई व्यस्त र आत्मनिर्भर बनाउनका लागि सिलाइकटाइ, ब्याग, थैली निर्माणलगायत विभिन्न सीपमूलक क्रियाकलाप सञ्चालन गर्दै आएको छ।

तेस्तै, तीज पर्व विशेषगरी दाजुभाइहरूले विवाह गरेर गएका दिदीबहिनीलाई माइतीघरमा बोलाई ‘दर’ खुवाउने र छोरी–चेलीहरूले योग्य श्रीमान् प्राप्त होस् भन्ने विश्वासका साथ व्रत बस्ने परम्परागत प्रचलन रहेको जानकारी अध्यक्ष गीरीले दिइन।


सुप्रिया राई
प्रतिक्रिया