मेष – आज प्रतिष्ठा, मान-सम्मान पाइने प्रवल सम्भावना छ । भाग्यले नसोचेको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन् । फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ । साथ दिनेहरू बढ्नेछन् । शत्रुमाथि विजय प्राप्त हुनेछ । इष्टमित्र र सन्तानको सुख प्राप्त हुनेछ । आशा उत्साह बढ्नेछ । आमोदप्रमोदमा रमिरहनु हुनेछ ।
वृष – आजको दिन प्रयत्न गरेको काम छोटै समयमा पूरा होला । इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । स्वास्थ्य सामान्य प्रतिकूल रहला तर हिम्मतले काम लिन सकिनेछ । विवाद पर्नसक्ने योग भएकोले आज लेनदेन नगरेकै राम्रो । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । रसरागमा आकर्षण बढ्नेछ । आफन्तको साथ मिल्नेछ ।
मिथुन – काममा रोकावट र कममात्र फाइदा हुने समय छ । सहयोगीहरूले हात झिक्नाले अलि अप्ठ्यारोमा परिएला । आज केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ, तर समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ । धन खर्च हुने योग छ । आरोग्यता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।
कर्कट – राम्रै प्रतिफल प्राप्त हुने समय छ । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने योग छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने विभिन्न भौतिक साधन जुट्नेछन् । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ । आरोग्य वृद्धि होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुख मिल्नेछ ।
सिंह – दिन उत्साहपूर्ण रहला । उद्योग र व्यापारमा विशेष फाइदा हुने र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने योग छ । सुखद समाचार सुन्न पाइनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । रचनात्मक काम सुरु गर्ने समय छ । आका साथै साहस बढ्नेछ । मित्रजनको साथ मिल्नेछ । पारिवारिक सुख मिल्नेछ ।
कन्या – कर्मबल वृद्धि हुने दिन छ । गरिएका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन हुने समय छ । व्यावसायिक यात्राको सम्भावना पनि छ । दाम्पत्य जीवन रमाइलो रहला । साझेदारीको काममा भने केही समस्या आउन सक्छ, सावधान रहनुहोला । समस्याको समाधान मिल्नेछ । आफन्तको साथ प्राप्त हुनेछ ।
तुला – व्यापार-व्यवसायमा विशेष लाभ लिने समय छ । महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । तर, नजिकका साथीभाइ टाढिन सक्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । रसरागमा आकर्षण बढ्नेछ । बजेट बनाइ काम गर्नु हितकर हुनेछ ।
वृश्चिक – शुभता वृद्धि हुने समय छ । मनमा केही संशय रहे पनि विभिन्न अवसरले पछ्याउला । बोलीको प्रभाव पनि बढ्नेछ भने ठीक समयमा सही निर्णय लिन सकिनेछ । आश मारेको कामले उत्साह जगाउनेछ । तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन् । परिवारजन तथा बन्धु-बान्धवबीच आत्मीय भाव बढ्नेछ । पराक्रम वृद्धि हुनेछ ।
धनु – कार्यसम्पादन गर्ने क्षमता बढ्ने दिन भए पनि केही राम्रा अवसर फुत्कन सक्छन् । प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ । सफलताको लागि गोपनीयतामा विशेष ध्यान राख्नुहोला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ । प्रेमभाव बढ्नेछ । मिठो भोजन खान पाउनु हुनेछ । रसरागात्मक काममा आकर्षण बढ्नेछ ।
मकर – साहस वृद्धि हुने र आरोग्यबल बढ्ने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्, सावधान रहनुहोला । गल्तीबिनै आरोप लाग्न सक्छ । शुभचिन्तकहरूले साथ दिनेछन् । बौद्धिक र रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।
कुम्भ – परिस्थिति अलिक प्रतिकूल रहने देखिन्छ । काम बिग्रने डरले सताउला । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला । सन्तानको सुख मिल्नेछ । रोकिएको काम बन्नेछ ।साझेदारीको काम बन्नेछ । रसरागमा आकर्षण बढ्ला ।
मीन – आजको दिन व्यस्तता बढ्नेछ । लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्ला । तथापि, विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ । दाम्पत्य सम्बन्धमा खटपट नहोस् भनी विशेष सावधानी अपनाउनु हितकर हुनेछ । वार्तामा सफलता मिल्नेछ । सुख विलास पनि बढ्नेछ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो