इटहरी । नेपाली सेनाका
उपरथी शक्तिजंग
बस्नेतले इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरको नेतृत्व सम्हालेका
छन् । उनले यसअघि
पूर्वी पृतनाको
नेतृत्व गरेका
उपरथी गौरवकुमार
केसीको स्थानमा सोमबारदेखि
जिम्मेवारी सम्हालेका हुन् ।पूर्वी पृतनाको नेतृत्व
सम्हालेका बस्नेतले तीन दशक लामो
सैनिक सेवाका
क्रममा विभिन्न
महत्त्वपूर्ण कमान्ड तथा जिम्मेवारी सम्हालिसकेका
छन् । उनले
नेपाली सेनाको
व्यावसायिक क्षमता अभिवृद्धि, विपद् प्रतिकार्य,
रणनीतिक भूमिका
तथा नागरिक–सैनिक सम्बन्ध
विस्तारका क्षेत्रमा काम गरेका छन् ।बस्नेतले तत्कालीन शाही
रक्षक बाहिनीअन्तर्गत
सिग्नल गुल्म
र शत्रु
भञ्जन गुल्मको
गुल्मपति, सर्वदल गण तथा गणेशदल
गणको गणपति,
नम्बर १५
बाहिनी अड्डाको
निमित्त बाहिनीपति
र नम्बर
९ बाहिनी
अड्डाको बाहिनीपतिको
जिम्मेवारी निर्वाह गरिसकेका छन् । त्यस्तै,
भर्ना छनोट
निर्देशनालयका निर्देशक, सैनिक कमान्ड तथा
स्टाफ कलेजका
कमान्डान्ट तथा सैनिक इन्टेलिजेन्स महानिर्देशनालयका
निमित्त महानिर्देशकका
रूपमा समेत
काम गरेका
छन् ।२०४७ साल मङ्सिर
२८ गते
नेपाली सेनामा
प्रवेश गरेका
बस्नेतले भारत,
पाकिस्तान, मङ्गोलिया, थाइल्यान्ड, सिङ्गापुर र
अमेरिकालगायत मुलुकमा आयोजित विभिन्न सैन्य
तालिम, कोर्स,
सम्मेलन तथा
सेमिनारमा सहभागिता जनाएका छन् । संयुक्त
राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानअन्तर्गत लेबनान,
कङ्गो र
सुडानलगायतका मिसनमा समेत उनले काम
गरेका छन्
।पूर्वी पृतनाले कोशी
प्रदेशसहित पूर्वी नेपालको सुरक्षा, विपद्
व्यवस्थापन, रणनीतिक पूर्वाधार निर्माणमा सहयोग,
राष्ट्रिय सम्पदा संरक्षण तथा नागरिक–सैनिक सम्बन्ध
विस्तारमा भूमिका निर्वाह गर्दै आएको
छ । नयाँ
नेतृत्वका रूपमा बस्नेतसमक्ष यसअघिका कार्यक्रमलाई
निरन्तरता दिँदै बदलिँदो सुरक्षा चुनौतीअनुसार
पृतनाको भूमिका
थप प्रभावकारी
बनाउने जिम्मेवारी
रहनेछ ।यसअघि पूर्वी पृतनाको
नेतृत्व गरेका
उपरथी गौरवकुमार
केसीको कार्यकालमा
ऐतिहासिक सम्पदा
संरक्षण, रणनीतिक
सडक निर्माण,
विपद् प्रतिकार्य
तथा सैनिक
दक्षता अभिवृद्धिसम्बन्धी
विभिन्न कार्यक्रम
सञ्चालन भएका
थिए ।केसीको कार्यकालमा कोशी
प्रदेशका विजयपुर
गढी, सागुरी
गढी, उदयपुर
गढी र
चौदण्डी गढीलगायत
ऐतिहासिक स्थलसँग
सम्बन्धित पदमार्ग तथा निशान पदमार्गको
संरक्षण र
प्रवर्धनका कार्यक्रम अघि बढाइएको थियो
। साथै, चीनसँगको सीमावर्ती किमाथाङ्का जोड्ने
खाँदबारी–किमाथाङ्का सडकखण्डमा करिब १०.८१
किलोमिटर ट्र्याक खोल्ने
तथा हस्तान्तरण गर्ने काम समेत भएको
थियो ।यस अवधिमा हिमाली
तथा उच्च
जोखिमयुक्त क्षेत्रमा उद्धार क्षमता अभिवृद्धिका
लागि ‘अभ्यास हिमाल दर्शन’, विपद्
व्यवस्थापन तथा संरक्षणका लागि ‘अभ्यास संरक्षण’,
मनसुनजन्य विपद्को पूर्वतयारीका लागि ‘अभ्यास मनसुन’
तथा सैनिक
दक्षता अभिवृद्धिका
लागि ‘कम्ब्याट पेट्रोल’
लगायतका अभ्यास
सञ्चालन गरिएका
थिए ।केसीको कार्यकालमा सुनसरीको
देवानगञ्जमा दुई समुदायबीच तनावपछि उत्पन्न
अस्थिर अवस्था
नियन्त्रणमा लिन पनि नेपाली सेना
परिचालन भएको
थियो । नेपाल
प्रहरी र
सशस्त्र प्रहरीको
प्रारम्भिक परिचालनबाट अवस्था नियन्त्रणमा लिन
चुनौती देखिएपछि
नेपाली सेनाको
फौजसमेत परिचालन
गरी सुरक्षा
व्यवस्था मजबुत
बनाइएको थियो
।
२५ साउन २०८३, सोमबार ०८:०८ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो