आजको पाठकको पुर्पुरो : वि.सं. २०७९ चैत्र ११ तदनुसार सन् २०२३ मार्च २५ तारिख) शनिबार

खगेन्द्र कार्की

मेष – कर्मबल वृद्धि हुने र पारिवारिक सम्पति भागबन्डाको समय छ । आफन्तजनबाट टाढिनुपर्ला । सहकर्मीहरूसँग प्रतिस्पर्धा बढ्नेछ । विश्वासपात्रले धोका दिन सक्छन् । लगनशीलताले ठूलो काम बन्न सक्छ । सृजनात्मक काममा सफलता मिल्नेछ । सन्तानको सुख प्राप्त हुनेछ ।

वृष – आजको दिन विवाद, लाञ्छना जस्ता समस्या आउन सक्छन् भने धनको पनि हानी होला । काममा विलम्ब र चुनौती सामना गर्नुपर्ला । पारिवारिक असमझदारी, बन्धुबान्धवसँग मनमुटाव बढ्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव बलियो पनि सामाजिक प्रतिष्ठामा पनि कमी आउला । धैर्यशील रहनु हितकर हुनेछ ।

मिथुन – आजको दिन त्यति शुभदायी नरहे पनि निरासाजनक नहोला । भागदौड बढ्नेछ । पारिवारिक समस्याहरू देखापर्ने छन् भने साझेदारीमा विवाद बढ्ने योग छ । पतिपत्नीमा असमझदारी उत्पन्न हुन सक्छ । साझेदारीमा भने फाइदा हुनेछ । परोपकारजन्य काम सम्पादन गरिएला । मनोबल उच्च नै रहनेछ । आरोग्य वृद्धि होला । रसरागमा रुचि बढ्नेछ ।

कर्कट – स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । तथापि, बौद्धिक कार्यमा सफलता मिल्नुका साथै पढाइमा प्रगति हुनेछ । खासगरी विद्यार्थीहरूका लागि अनुकूल समय छ । रोकिएका काम बन्नेछन् । अतिरिक्त आम्दानी बढ्नेछ । यात्रामा सफलता प्राप्त हुनेछ । ख्याति फैलिनेछ ।

सिंह – समय मिश्रित परिणामदायी रहला । आयआर्जनको कमीले ठूलो प्रगतिमा बाधा पुग्नेछ । कार्यबोझ वृद्धि बढ्नेछ । नयाँ उद्योग–धन्दाको थालनी भने गर्न सकिनेछ । समाजसेवा र परोपकारका कार्य गरिएला । स्थानान्तरणको पनि योग छ । स्वास्थ्य समस्याले सताउन सक्छ । शत्रुप्रति विजय प्राप्त हुनेछ ।

कन्या – काममा झमेला र आफन्तबीच असमझदारी बढ्ने देखिन्छ । झुटा आरोप पनि आइलाग्न सक्छ, धैर्यशील रहनु हितकर होला । सहयोगी वा अनुयायीले समेत प्रतिस्पर्धा गर्न थाल्नेछन् । बाहिरी यात्रामा भएकाहरूलाई भने समय अनुकूल देखिन्छ । नयाँ काम बन्नेछ । विलासमा रुची बढ्नेछ ।

तुला – व्यस्तता वृद्धि हुनेछ । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर पाइने समय छ । जीवनसाथी र सन्तानका तर्फबाट भौतिक सम्पत्ति लाभ हुनेछ । साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिनेछ । रोकिएको काम बन्नेछ । आफन्तको सहयोग समर्थन मिल्नेछ । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ ।

वृश्चिक – व्यापार-व्यवसाय विस्तार हुनेछ । रोकिएका काम बन्न थाल्नेछन् । परोपकार र सामाजिक काममा रुचि जाग्नेछ । सोचने शक्ति बढ्ने छ । कुराकाटनेहरु प्रसम्सा गर्न थालने छन् । तथापि, तर, विश्वासमा पारेर धोका दिनेहरूले सताउन सक्छन् ध्यान राख्नु हितकर होला । कर्मबलका साथै दायित्व बढ्नेछ । आमोद प्रमोदमा रमिरहनुहुनेछ । धैर्य र विवेकले काम गर्नु राम्रो हुनेछ ।

धनु – सामाजिक प्रतिष्ठा बढ्नेछ । जीवनसाथीबाट पाइने साथ र सहयोगीहरूको मद्दतले काम सहजै सफल हुनेछन् । सहयोगीको राम्रो साथ पाइनेछ । देखिएको समस्याको समाधान गर्नुहुनेछ । शारीरिक र आर्थिक हीत हुने काममा लाग्नु हीतकर रहला ।

मकर – आरोग्यता बढ्ने समय भए पनि बुद्धि–विवेकको उपयोग गर्न नसकिएला । बोलीको गलत अर्थ लाग्ने, विवादमा परिने र आर्थिक संकटले सताउने योग छ । तथापि, सन्तानबाट लाभ र सुख मिल्नेछ । दीर्घकालीन योजनाहरू सम्पादन हुनेछन् । रसरागमा रुचि बढ्ला । इष्टमित्रको सहयोग मिल्नेछ ।

कुम्भ – व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । पक्ष सबल बन्नुका साथै मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जाग्नेछ । रसरागको भाव वृद्धि हुनेछ । काममा सफलता मिल्नेछ । सुख शांति बढ्ला ।

मीन – बिनाकारण अनेक चुनौती सामना गर्नुपर्ने समय भए पनि आज विभिन्न अवसरले पछ्याउनेछन् । गरिआएको व्यवसाय तथा उद्योगधन्दालाई निरन्तरता दिन सकिनेछ । आयआर्जनका स्रोत भेटिनेछन् । आरोग्यता बढ्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । आफन्तको साथ मिल्नेछ । आशा उत्साह बढ्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया