इटहरी । हृदयघातका कारण प्रवासी भ्मि युएईमा ज्यान गुमाउन पुगेका इटहरी उपमहानगरपालिका १९ भवानीपुरका २९ वर्षीय राजु भारतीको आज इटहरीस्थित बुढीगंगा जमुना मुक्तिघाटमा दाहसंस्कार गरिएको छ ।
घर खर्च चलाउन र कमाइ गर्नका लागि विदेश गएका भारतीले उतै ज्यान गुमाउनुपर्दा इटहरी १९ का स्थानीयबासी भावविह्ल बनेका छन् ।
डेढ महिनाअघि मात्रै विवाह गरेर विदेश गएका उनको हृदयघातका कारण निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
केही पैसा कमाउने, बचत गर्ने र घर खर्च चलाउने सपना बोकेर विदेशिएका उनको उतै मृत्यु भएपछि परिवार, आफन्तजनसँगै स्थानीयबासीसमेत शोकमा परेका छन् । भारतीको शव शनिबार घरमा ल्याएर आइतबार आज इटहरीस्थित बूढीगंगा–जमुना मुक्तिघाटमा अन्त्यष्टि गरिएको हो ।
‘वैशाख ६ गते (अप्रिल १८ तारिक)मा भारतको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
भारतीको हृदयघात र श्वासप्रश्वासमा समस्या भएपछि निधन भएको पत्र प्राप्त भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक भारती करिब पाँच वर्षअघि दुबई गएका थिए भने केही महिनाअघि मात्रै कम्पनी परिवर्तन गरी काम गर्दै आएका थिए ।
केही समयअघि मात्रै नेपाल आएका उनको डेढ महिनाअघि काठमाडौँ घर भएकी सुमित्रा खत्रीसँग विवाह भएको थियो । विवाह गरेर करिब एक महिनाअघि मात्रै विदेश गएका उनको उतै निधन हुँदा आफूहरू भावविह्ल भएको श्रमिति खत्रीले बताईन ।
केही पैसा कमाउने, केही बचत गर्ने र घरको ऋणपान तिर्ने उद्देश्य सहित विदेशिएका आफ्ना छोरा गुमाउँदा निःशब्द देखिन्थे, मृतकका बुबा चक्रबहादुर भारती ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो