३८ नम्बर रिजर्भ गणको छैटौँ स्थापना दिवस, सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सक्रियता बढाउने प्रतिबद्धता

खगेन्द्र कार्की

झापा सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण हेडक्वार्टर लखनपुर, झापाले आफ्नो छैटौँ स्थापना दिवस मनाउँदै सीमा सुरक्षा, शान्ति सुरक्षा तथा विपद् प्रतिकार्यमा थप प्रभावकारी रूपमा परिचालन हुने प्रतिबद्धता जनाएको छ । गणले आफ्नो जिम्मेवारी क्षेत्रमा सरकारी तथा गैरसरकारी निकाय, स्थानीय तह नागरिकसँगको समन्वयलाई प्राथमिकतामा राख्दै सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउने जनाएको हो ।
गणको छैटौँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी बल नेपाल नं. बराह बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक मनिष थापाले संगठनको जिम्मेवारीलाई प्रभावकारी रूपमा पूरा गर्न अनुशासन, व्यावसायिकता नागरिकसँगको सहकार्यलाई प्राथमिकता दिनुपर्ने बताए ।
गणपति सशस्त्र प्रहरी उपरीक्षक दिनेश कुमार बस्नेतले बदलिँदो सुरक्षा चुनौतीको अध्ययन विश्लेषण गर्दै उपलब्ध स्रोतसाधनको अधिकतम उपयोगमार्फत राष्ट्र, राष्ट्रियता तथा नागरिकको जीउधनको सुरक्षामा गणका कर्मचारी निरन्तर परिचालित रहेको बताए । उनले जिम्मेवारी क्षेत्रमा आइपर्ने विपद्का घटनामा तत्काल परिचालन गर्न फौज तयारी अवस्थामा राखिएको जानकारी दिए ।
गणले सशस्त्र प्रहरी बल नेपाल नं. बराह बाहिनीको निर्देशनमा कोशी प्रदेशका विभिन्न क्षेत्रमा आवश्यकताअनुसार जनशक्ति परिचालन गर्दै आएको छ । झापाको कमल गाउँपालिका, दमक नगरपालिका शिवसताक्षी नगरपालिकासहित पूर्वपश्चिम लोकमार्गअन्तर्गत माइधारदेखि मावाखोलासम्मको राजमार्ग सुरक्षामा समेत गणका जनशक्ति परिचालित हुँदै आएका छन् ।
गणका अनुसार सीमा सुरक्षालाई प्राथमिकता दिँदै दुईवटा सीमा सुरक्षा गुल्म आठवटा बोर्डर आउट पोस्ट (बीओपी) मा जनशक्ति तथा बन्दोबस्ती व्यवस्थापन गरिएको छ । आवश्यकताअनुसार झापाका अन्य स्थानमा समेत सुरक्षा परिचालन गरिँदै आएको गणले जनाएको छ ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा गणपति बस्नेतले स्थानीय तह, सरकारी कार्यालय, उद्योगीव्यवसायी, नागरिक समाज, सञ्चारकर्मी तथा स्थानीय बासिन्दाले सुरक्षा कार्यमा पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गरे । सुरक्षा निकाय नागरिकबीचको सहकार्यले मात्र शान्ति सुरक्षा प्रभावकारी बनाउन सकिने उनले बताए ।
उनले भविष्यमा देखिन सक्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षा चुनौतीलाई ध्यानमा राखेर गणका सम्पूर्ण कर्मचारी तयारी अवस्थामा रहेको बताए ।राष्ट्र, राष्ट्रियता जनताको जीउधन तथा स्वतन्त्रताको रक्षा गर्ने जिम्मेवारीमा गणका सकल दर्जाका कर्मचारी सदैव जागरुक तल्लीन छन्,” उनले भने ।
कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, नेपाली सेना नं. २१ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी झलेन्द्र कुमार भट्टराई, सशस्त्र प्रहरी बल नेपाल नं. बराह बाहिनीका अधिकारी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्कालगायत सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सहभागी थिए । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पूर्वसशस्त्र प्रहरी कर्मचारी, सञ्चारकर्मी, स्थानीय बुद्धिजीवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए ।
२०७७ मा स्थापना
सशस्त्र प्रहरी बल नेपालको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन २०७७ स्वीकृत भएपछि नेपाल सरकारको २०७७ असार २९ को निर्णयअनुसार नं. ३८ रिजर्भ गण स्थापना भएको हो । झापाको कमल गाउँपालिका स्थित तत्कालीन सशस्त्र प्रहरी बल पाथिभरा गणको नाममा रहेको जग्गामा २०७७ साउन २६ देखि गणले कार्यालय सञ्चालन थालेको थियो ।
गणको औपचारिक उद्घाटन भने २०७८ फागुन २४ मा तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले गरेका थिए । हाल सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय नं. ३८ रिजर्भ गण एउटै परिसरमा रहेर आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् ।
स्थापना दिवसका अवसरमा गणले एक साताभन्दा बढी समय विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । साउन १८ मा दुई माइल दौड तथा हतियार खोलजोड प्रतियोगिताबाट सुरु भएको कार्यक्रमअन्तर्गत धार्मिक स्थल तथा मठमन्दिर सरसफाइ, गण परिसरमा वृक्षरोपण, ब्याडमिन्टन, टेबलटेनिस तथा भलिबल प्रतियोगिता, सशस्त्र प्रहरी बलसम्बन्धी सचेतनामूलक कार्यक्रम दीपावली आयोजना गरिएको थियो ।
स्थापना दिवसको मूल समारोहमा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । खेलकुदतर्फ ब्याडमिन्टन, भलिबललगायत प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई सम्मान गरिएको थियो । हतियार ह्यान्डलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्ने सशस्त्र प्रहरी वरिष्ठ हवल्दार भानु कुमार श्रेष्ठलाई पुरस्कृत गरिएको थियो ।
दुई माइल दौडमा पुरुषतर्फ सशस्त्र प्रहरी जवान दिवस योङहाङ लिम्बू महिलातर्फ सशस्त्र प्रहरी जवान सेविका राना मगर प्रथम भएका थिए । भलिबलतर्फ पनि गणका कर्मचारीको टोली प्रथम भएको थियो ।
दिपेन्द्रसोल्जर अफ मन्थ
गणले प्रत्येक महिना कर्मचारीको कार्यसम्पादन, अनुशासन व्यावसायिक दक्षताका आधारमा उत्कृष्ट कर्मचारी छनोट गर्दै आएको जनाएको छ । स्थापना दिवसको अवसरमा साउन महिनाकोसोल्जर अफ मन्थसशस्त्र प्रहरी जवान दिपेन्द्र बस्नेतलाई घोषणा गरिएको थियो ।
गणका आन्तरिक कामकारबाही तथा विपद् उद्धारमा देखाएको सक्रियता कार्यसम्पादनका आधारमा बस्नेतलाई उत्कृष्ट कर्मचारी छनोट गरिएको गणले जनाएको छ ।
वर्षभरि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई समेत प्रशंसापत्र प्रदान गरिएको थियो । सशस्त्र प्रहरी वरिष्ठ हवल्दार बाबुराम श्रेष्ठ, सशस्त्र प्रहरी सहायक हवल्दार इधर तिम्सिना, सशस्त्र प्रहरी सहायक हवल्दार सुशिला शेर्मा, सशस्त्र प्रहरी जवान शेषराज घिमिरे सशस्त्र प्रहरी परिचर पूर्णविक्रम राईलाई उत्कृष्ट कार्यका लागि सम्मान गरिएको थियो ।
यो माटो प्यारो मार्फत सन्देश
स्थापना दिवसको मूल समारोहमा गणका कर्मचारीलेयो माटो प्यारो नामक नाटकसमेत प्रस्तुत गरे । कार्यक्षेत्रका अनुभव सामाजिक विषयवस्तुलाई आधार बनाएर तयार पारिएको नाटकमार्फत राष्ट्रसेवा, परिवार, कर्तव्य जिम्मेवारीको सन्देश दिन खोजिएको गणले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक चेतन बाह्रकोटीको कथा, लेखन तथा निर्देशनमा तयार भएको नाटकमा सशस्त्र प्रहरी निरीक्षक एनि कुमार तामाङले अभिनय व्यवस्थापन तथा सहनिर्देशन गरेका थिए । गणका विभिन्न कर्मचारीले नाटकमा अभिनय गरेका थिए ।
स्थापना दिवसका अवसरमा सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो । गणमा कार्यरत कर्मचारीले स्वागत नृत्य तथा विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए ।
स्थानीय सहयोगी संस्था सम्मानित
गण तथा मातहतका युनिटको भौतिक संरचना निर्माण तथा व्यवस्थापनमा सहयोग पुर्‍याएका स्थानीय तह तथा संघसंस्थालाई पनि स्थापना दिवसमा सम्मान गरिएको थियो ।
झापा गाउँपालिका का वडाध्यक्ष कृष्णप्रसाद राजवंशीलाई बीओपी पन्थापाडाको भौतिक संरचना निर्माणमा गरेको सहयोग समन्वयका लागि सम्मान गरिएको थियो । कचनकवल गाउँपालिका का वडाध्यक्ष मोहम्मद नूर आलमलाई बीओपी पाठामारीको संरचना निर्माणमा पुर्‍याएको योगदानका लागि सम्मान गरिएको थियो ।
त्यस्तै बाहुनडाँगी सिद्धीखोला एकीकृत उपभोक्ता संस्थाका अध्यक्ष हेमलाल गुरागाईंलाई बीओपी तिरीङको खानेपानी व्यवस्थापन तथा जडानमा गरेको सहयोगका लागि सम्मान गरिएको थियो ।
धिरेन्द्र स्मृति प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेतलाई गणमा कार्यरत कर्मचारीलाई विभिन्न सीपमूलक तालिम उपलब्ध गराएको योगदानका लागि तथा विराटनगरका सचिन शाहलाई भौतिक संरचना निर्माणमा सहयोग गरेको भन्दै सम्मान गरिएको थियो ।
वीरगति प्राप्त परिवारलाई सम्मान
स्थापना दिवसमा कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी कर्मचारीका परिवारलाई सम्मान गरिएको कार्यक्रम भावुक बनेको थियो ।
कार्यक्रममा हालै कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सशस्त्र प्रहरी जवान सुविन खत्रीकी पत्नी सुविना दाहाललाई नगदसहित कदरपत्र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । स्वास्थ्य समस्याका कारण दाहाल उपस्थित हुन नसकेपछि उनका तर्फबाट परिवारका सदस्यले सम्मान ग्रहण गरेका थिए ।
यसैगरी सशस्त्र प्रहरी हवल्दार स्वर्गीय संजिवकुमार श्रेष्ठ, सशस्त्र प्रहरी सहायक हवल्दार स्वर्गीय हेमराज सुवेदी, सशस्त्र प्रहरी सहायक हवल्दार स्वर्गीय दिनेश पाण्डे तथा सप्तकोशी नदीमा विपद् खोज तथा उद्धारका क्रममा वीरगति प्राप्त गरेका सशस्त्र प्रहरी जवान स्वर्गीय हरदेव राजवंशीका परिवारजनलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
गणपति बस्नेतले कर्तव्य पालनाका क्रममा जीवन उत्सर्ग गर्ने सम्पूर्ण अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनीहरूको योगदानलाई संगठनले सदैव स्मरण गरिरहने बताए ।
स्थापना दिवसका अवसरमा उनले प्रथम सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गीय कृष्णमोहन श्रेष्ठसहित कर्तव्य पालनाका क्रममा वीरगति प्राप्त सम्पूर्ण सशस्त्र प्रहरी राष्ट्रसेवकप्रति श्रद्धासुमन अर्पण गरे । घाइते, बिरामी तथा अपांगता भएका सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरे ।
नागरिकसँगको सहकार्यलाई प्राथमिकता
गणले सुरक्षा व्यवस्थासँगै विपद् उद्धार, सामाजिक सेवा जनचेतनामूलक गतिविधिलाई समेत आफ्नो जिम्मेवारीको महत्वपूर्ण पक्षका रूपमा अघि बढाएको जनाएको छ । स्थापना दिवसअघि गणले सार्वजनिक स्थल सरसफाइ, वृक्षरोपण, सचेतनामूलक कार्यक्रमलगायत गतिविधि सञ्चालन गरेको थियो ।
गणपति बस्नेतले सुरक्षा निकायको प्रभावकारिता नागरिकसँगको सम्बन्ध सहकार्यमा निर्भर हुने बताए । स्थानीय तह, राजनीतिक दल, उद्योगीव्यवसायी, सञ्चारकर्मी तथा सर्वसाधारणले सुरक्षा कार्यमा गरेको समन्वय सहयोगलाई गणले आगामी दिनमा पनि निरन्तरता दिने उनले बताए ।
स्थापना दिवसको अवसरमा प्रमुख अतिथि मनिष थापाले गणका कर्मचारीलाई शुभकामना तथा निर्देशन दिएका थिए । उनले संगठनको जिम्मेवारीलाई थप व्यावसायिक, अनुशासित नागरिकमैत्री ढंगले अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि थापा गणपति बस्नेतले स्थापना दिवसको केक काटेका थिए । त्यसपछि सामूहिक फोटोसेसन तथा दिवाभोजसँगै छैटौँ स्थापना दिवसको औपचारिक कार्यक्रम सम्पन्न भएको थियो ।
वर्षको अवधिमा नं. ३८ रिजर्भ गणले सुरक्षा, सीमा व्यवस्थापन, राजमार्ग सुरक्षा तथा विपद् प्रतिकार्यमा आफ्नो भूमिका विस्तार गर्दै आएको छ । आगामी दिनमा बदलिँदो सुरक्षा चुनौतीसँगै स्थानीय तह नागरिकसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्ने गणको प्रतिबद्धता छ ।
 

खगेन्द्र कार्की
प्रतिक्रिया