अधिक गर्मीले इटहरीको जनजीवन प्रभावित, केही व्यवसायमा बढ्यो चहलपहल

खगेन्द्र कार्की

इटहरी केही दिनयता बढेको अत्यधिक गर्मीले सुनसरीको इटहरीसहित पूर्वी तराईको जनजीवन प्रभावित भएको चर्को घाम बढ्दो तापक्रमका कारण दिउँसो सडकमा मानिसको आवतजावत घट्दा खुला ठाउँ तथा सडकमा निर्भर साना व्यवसायी दैनिक ज्यालादारी मजदुर बढी प्रभावित भएका छन्

कोरोनाकालपछि अपेक्षित रूपमा गति लिन नसकेको व्यापारव्यवसायलाई महँगी, कमजोर क्रयशक्ति आर्थिक मन्दीले प्रभावित गरिरहेका बेला बढ्दो गर्मीले व्यवसायीको आम्दानीमा थप असर पारेको हो इटहरीसँगै सुनसरीका अन्य बजार तथा मोरङका सीमावर्ती क्षेत्रमा पनि गर्मीको प्रत्यक्ष प्रभाव देखिन थालेको व्यवसायीहरू बताउँछन्

तर गर्मी सबै व्यवसायका लागि भने प्रतिकूल बनेको छैन जुस, चिसो पेय पदार्थ, आइसक्रिम, बरफ, मिनरल वाटर, नरिवल पानी तथा गर्मीमा प्रयोग हुने हल्का कपडा सामग्रीको व्यापार बढेको व्यवसायीहरूको अनुभव

इटहरीमा जुस व्यवसाय गर्दै आएका रामप्रित पासवानका अनुसार गर्मी बढेसँगै जुसको माग उल्लेख्य रूपमा बढेको गर्मीमा मानिसले चिसो झोलिलो पदार्थ बढी खोज्छन् दिउँसो बाहिर निस्कनेको संख्या कम भए पनि जुस किन्ने ग्राहक भने बढेका छन्,” उनले भने

उनका अनुसार अहिले जुसमा बरफको प्रयोगसमेत बढेको अत्यधिक गर्मीका कारण ग्राहकले चिसो जुस रोज्ने भएकाले बरफको खपत बढेको त्यसले व्यापारलाई समेत सहयोग गरेको उनको भनाइ

इटहरीको बजार क्षेत्रमा कपडा व्यवसाय गर्दै आएका हरिशरण उप्रेतीले गर्मीमा हल्का कपडा, टोपी, सनग्लास तथा गर्मीमा प्रयोग हुने अन्य सामग्रीको माग बढेको बताए जाडोमा बाक्ला कपडाको माग हुन्छ, गर्मीमा पातला आरामदायी कपडा खोज्ने ग्राहक बढ्छन् तर बजारमा मानिसको आवतजावत नै घटेपछि समग्र व्यापारमा भने धेरै उत्साह छैन,” उनले भने

गर्मीको प्रत्यक्ष असर सडक तथा खुला ठाउँमा व्यवसाय गर्नेहरूमा बढी परेको चर्को घामका कारण मानिसहरू दिउँसो बजारमा कम निस्कने हुँदा ठेलागाडा, फुटपाथ तथा सडकछेउका व्यवसायीको बिक्री घटेको उनीहरूको भनाइ

इटहरीमा भक्का व्यवसाय गर्दै आएकी अस्मिता चौधरीले गर्मीमा भक्काको बिक्री जाडोको तुलनामा घटेको बताइन् उनका अनुसार भक्का जाडो मौसममा बढी लोकप्रिय भए पनि गर्मीमा ग्राहकको संख्या घट्ने गरेको

गर्मीमा मानिसहरू धेरैबेर बाहिर बसेर खानेभन्दा छिटो घर फर्किन खोज्छन् त्यसैले भक्काको बिक्री पनि घटेको ,” उनले भनिन् परिवारको खर्च धान्न व्यवसायमै निर्भर हुनुपर्ने भएकाले गर्मीले व्यापारमा पारेको असरले आम्दानी व्यवस्थापन गर्न कठिनाइ भएको उनको भनाइ

गर्मीका कारण सबैभन्दा कठिन अवस्थामा दैनिक ज्यालादारी मजदुर पुगेका छन् निर्माणस्थल, सडक तथा अन्य खुला क्षेत्रमा काम गर्ने मजदुरले चर्को घाममा काम गर्नुपर्ने बाध्यता

इटहरीमा दैनिक ज्यालादारी मजदुरी गर्दै आएका रमेश दाहालले गर्मीका कारण काम गर्न निकै कठिन भए पनि मजदुरी नगरी गुजारा चलाउन नसकिने बताए घाम धेरै चर्किएको दिउँसो काम गर्दा शरीर गल्छ, तर काम नगरे घर चल्दैन मजदुरी गरेरै परिवार पाल्नुपर्ने भएकाले गर्मी सहेर पनि काम गर्नुपर्छ,” उनले भने

गर्मीमा चिसो पेय पदार्थ तथा बरफको माग बढेसँगै त्यससँग सम्बन्धित व्यवसायीको कारोबार भने बढेको इटहरीमा चिसो सामग्रीको व्यापार गर्दै आएकी उर्मिला चौधरीका अनुसार अहिले पानी, चिसो पेय पदार्थ, बरफ तथा अन्य चिसो सामग्रीको माग बढेको

गर्मी बढेपछि चिसो खानेपिउने ग्राहक बढेका छन् सामान्य दिनको तुलनामा अहिले माग राम्रो ,” उनले भनिन्

इटहरीसँगै सुनसरीको धरान, इनरुवा, दुहबी तथा मोरङको विराटनगर आसपासका बजार क्षेत्रमा पनि गर्मीका कारण मानिसको दैनिक व्यवहार उपभोगको शैलीमा परिवर्तन आएको व्यवसायीहरू बताउँछन् दिउँसोको समयमा बजार तथा सार्वजनिक स्थानमा चहलपहल कम हुने गरेको भने बिहान साँझको समयमा मानिसको आवतजावत केही बढ्ने गरेको

गर्मी बढेसँगै पंखा, कुलर, एसी, फ्रिजलगायत विद्युतीय उपकरणको माग मर्मतका लागि आउने ग्राहकको संख्या पनि बढेको व्यवसायीहरू बताउँछन् त्यस्तै, होटल, रिसोर्ट, स्विमिङ तथा पानीसँग सम्बन्धित मनोरञ्जनका क्षेत्रमा पनि गर्मीका कारण ग्राहक आकर्षित हुने गरेका छन्

अत्यधिक गर्मीमा लामो समय काम गर्ने व्यक्तिमा शरीरमा पानीको कमी, कमजोरी, टाउको दुख्ने, चक्कर लाग्ने तथा तापजन्य स्वास्थ्य समस्या देखिन सक्ने चिकित्सकहरू बताउँछन् विशेषगरी बालबालिका, वृद्धवृद्धा, बिरामी तथा खुला क्षेत्रमा काम गर्ने मजदुरलाई गर्मीबाट जोगाउन आवश्यक सावधानी अपनाउन स्वास्थ्यकर्मीको सुझाव

गर्मीका कारण दैनिक जनजीवन प्रभावित भइरहेका बेला पानीको पर्याप्त सेवन गर्न, सकेसम्म दिउँसोको चर्को घाममा अनावश्यक रूपमा बाहिर ननिस्कन तथा बाहिर काम गर्नुपर्ने अवस्थाका व्यक्तिले बीचबीचमा आराम गर्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन्

पूर्वी तराईमा गर्मीको प्रभावसँगै वर्षायाम नजिकिँदै जाँदा सर्पदंशको जोखिमसमेत बढ्न सक्ने भएकाले घरआसपासका झाडी तथा फोहोर सफा राख्न राति सुत्दा झुल प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन् सर्पले टोकेमा झारफुक वा घरेलु उपचारमा समय नबिताई तत्काल नजिकको स्वास्थ्य संस्थामा पुर्‍याउन उनीहरूको सुझाव

 

खगेन्द्र कार्की
प्रतिक्रिया