कोशीमा लागुऔषधसहित ९ जना पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

विराटनगर। सुनसरी, झापा र इलामका विभिन्न स्थानबाट प्रहरीले लागू औषध तथा प्रतिबन्धित औषधिसहित ९ जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई साउन २७ गते पक्राउ गरेको हो।

झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले अर्जुनधारा नगरपालिका–११ का २३ वर्षीय मानजित करुवालाई ५ ग्राम २१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यस्तै, सुनसरीको धरान उपमहानगरपालिका–१९ बाट वडा प्रहरी कार्यालय धरानको टोलीले धरान–१० का १७ वर्षीय ईमन तेम्बे र धरान–११ की ३३ वर्षीया अमृत लिम्बुलाई ६६० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले इनरुवा नगरपालिका–३ बाट इटहरी उपमहानगरपालिका–२० का ३१ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको संयुक्त प्रहरी टोलीले धरान–८ का २८ वर्षीय बुद्ध लिम्बु र सोही स्थानका २२ वर्षीय साइमन राईलाई प्रतिबन्धित औषधि ट्रामाडोल १७० क्याप्सुल, स्पास्पेन १७० चक्की र कोलिवान ५० पिससहित पक्राउ गरेको छ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, लागू औषध नियन्त्रण ब्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त प्रहरी टोलीले भारत बिहारका १९ वर्षीय ईस्मत उल्हालाई ३०४ ग्राम ११० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

यसैगरी, इलामको चुलाचुली गाउँपालिका–३ बाट प्रहरी चौकी पेल्टिमारीको टोलीले सोही स्थानका २९ वर्षीय अमर राई र २४ वर्षीय विकास गिरीलाई ५ ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबैमाथि सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया