राजसंस्था अपरिहार्य भएकै हो ? पूर्व राजा ज्ञानेन्द्र किन दिनानुदिन लोकप्रिय बन्दैछन ?

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल न्युज डेक्स

इटहरी । २०६५ जेठ १५ नेपालमा २३८ वर्षसम्म राज्यसत्ता चलाएको शाहवंशीय राजसंस्थाको अन्त्य गरिएको दिन थियो । २०६२÷०६३ को जनआन्दोलनको म्याण्डेट खासमा गणतन्त्र स्थापनाको थिएन । दिल्लीमा सशस्त्र जनयुद्ध गरिरहेको माओवादीसँग १२ बुँदे सहमति हुँदा पनि निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्तान्त्रिक व्यवस्था भनिएको थियो । राजा रहने तर निरंकुश हुन नदिन अंकुश लगाउने भन्ने अर्थमा सो सहमति भएको भन्ने नेताहरु नै बोल्न थालेका छन् । यद्यपि संविधानसभाको निर्वाचनपछिको बसेको पहिलो संसदले हठात र अप्रत्यासित रुपले जनताको म्याण्डेट विपरित गणतन्त्र नेपाल घोषणा गरिदियो जसमा सबै पार्टीहरु माओवादीका गोटी बने । राजनीतिक दलहरु १२ बुँदे सहमतिबाट माओवादीको गोटी बन्ने प्रचलन अहिलेसम्म रोकिएको छैन चाहे सत्ता साझेदारका रुपमा होस् वा निर्वाचनमा गठबन्धन गरेरै किन नहोला कुनै न कुनै रुपबाट उनीहरु माओवादीको गोटी बनिरहेकै देखिन्छन् ।

सत्ता सञ्चालनका लागि वा निर्वाचनमा माओवादीको इजार समाएर हिंडिरहेका छन् तर त्यो इजार कहिले फुस्किन्छ दलहरुलाई पत्तो छैन । खास गरेर गणतन्त्र स्थापना र धर्मनिरपेक्ष यि दुई विषय जनआन्दोलनको म्याण्डेट थिएन् । एकाएक बाहिरी शक्तिको आडमा नेपालको संसद हठात र अप्रत्यासित रुपमा गरेको निर्णय थियो त्यो जसले २३८ वर्षे शाहवंशको अन्त्य गरेर धर्मनिरपेक्ष राष्ट्र बनाइदियो । त्यसपछि तत्कालिन राजा ज्ञानेन्द्रले राजदरबार छोड्नु प¥र्यो र उनी बाहिरिए । सहज रुपमा एक बचन नबोली जनताको म्याण्डेट अनुसार नै होला भन्ने भ्रममा परेर ज्ञानेन्द्र उक्त राजदरबारबाट बाहिएिका थिए तर अहिले ज्ञानेन्द्रलाई नेपाली जनताले गरेको स्वागत र सत्कारलाई हेर्दा त्यो गणतन्त्र र धर्म निरपेक्ष जनताको भ्याण्डेट नभएको पुष्टि गर्दै गईरहेको छ । 

त्यसो त राजसंस्था पुनर्स्थापनाका निम्ति अनेकौँ रणनीतिक र अदृष्य पहल गर्दै आएका पूर्व राजा ज्ञानेन्द्र अब नेपाली जनताकै बलमा उठ्ने तयारीमा लागेको देखिन्छ । यसअघि सकारात्मक अपेक्षाका साथ उहाँले पटक–पटक भारतको भ्रमण गरेका र, अनेकौँ कुटनीतिक पहल पनि नगरेका भने होइनन ।

विभिन्न जिल्लाको भ्रमणका क्रममा जनताको साथपछि उत्साहित भएका पूर्व राजा ज्ञानेन्द्र यही असोज ७ गते भक्तपुरको भ्रमणले झन उत्साहित भएका छन् । तलेजु भवानी र भैरबको दर्शन गर्ने क्रममा भक्तपुरमा स्थानीयवासीको ब्यापक सहभागिता रहेको थियो । स्थानीयवासीले पूर्व राजा ज्ञानेन्द्रलाई स्वागत गर्ने क्रममा स्वस्फूर्त रूपमा ‘नारायणहिटी खाली गर’को नारा समेत लगाउन भ्याए । 

प्राप्त जानकारीअनुसार, राजाको भ्रमण आयोजकहरूले हाम्रो राजा हाम्रो देश, राजसंस्था जिन्दावादलगायतका नारा तय गरेपनि नारायणहिटी खाली गर भन्ने नारा भने पूर्वनिर्धारित थिएन । भक्तपुरमा हुने कुनैपनि जात्रा, सभा, समारोहमा भन्दा कैंयौँ गुणा बढी मानिसहरूको उपस्थिति त्यसदिन देखिएको थियो । राजारानीको स्वागत गर्नका लागि स्थानीयबासीहरू घर खाली गरेर सडकमा ओर्लिएका थिए । भक्तपुरका विभिन्न स्थान र मूख्य द्वारमै ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकारको ऐतिहासिक एवम् साँस्कृतिक नगर भक्तपुर भ्रमणमा हार्दिक स्वागत गर्दछौँ’ भनी पूर्व राजाको फोटोसहित तुल, ब्यानरहरू राखिएको थियो ।

राजा ज्ञानेन्द्रको स्वागतका लागि भक्तपुरका स्थानीय अनन्त धौभडेलको संयोजकत्वमा आयोजक समिति बनेको थियो । उक्त समितिले श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेव सरकार भनी सम्बोधन गर्दै एकातिर राजा र अर्कोतिर रानी कोमलको तस्बिरसहित निमन्त्रणा पत्र पठाएको थियो । निमन्त्रणापत्रमा ‘२०८० असोज ७ गते आइतबारका दिन यस भक्तपुर जिल्लाले श्री ५ महाराजाधिराज सरकार तथा श्री ५ बडामहारानी सरकारको भब्य स्वागत अभिवादनका लागि सरकारका जुनाफमा सभक्ति निमन्त्रणा टक्र्ऱ्याउँछौँ’ भनी लेखिएको थियो । पत्र सदस्यसचिव रामेश्वर थापा र संयोजक अनन्त धौभडेलको तर्फबाट वितरण गरिएको थियो ।

जब कि भक्तपुरमा राजाको त्यस्तो भब्य स्वागतका लागि नेपाल मजदुर किसान पार्टीको सहमतिबिना सम्भव देखिँदैन । त्यसो भए राजाको भ्रमणमा के नेपाल मजदुर किसान पार्टी र नेता नारायणमान बिजुक्छेको समर्थन थियो त भन्ने प्रश्न स्वभाविक रूपमा उठ्दछ । श्रोतका अनुसार, नेता बिजुक्छेको असहमति थिएन । नेता बिजुक्छे र उहाँको दलले अड्चन पैदा गरेको भए त्यो सब सम्भव थिएन, तर त्यस्तो कुनै अड्चन पैदा गरिएन । घर(घरबाट मानिसहरु जाँदा नगएपनि हुन्छ या नजाउ भनिएन । राजाले भक्तपुर पुगेपछि नेता नारायणमान बिजुक्छेसँग भेट्न चाहेको तर उहाँले अहिले नगरौँ भन्ने जवाफ दिएको स्रोतले बतायो । 

यसले के देखाउँछ भने गणतन्त्र संस्थागत गर्ने ठेक्का लिएर राजनीतिक मैदानमा उत्रिएका खेलाडीहरु पूर्ण रुपमा असफल भएको र उनीहरुलाई गणतन्त्रलाई गलत ढंगले प्रयोग गरेकै कारण आज आम मानिसले राजसंस्थाको अपरिहार्य आवश्यकता ठानेको ति नेतालाई पत्तो छैन । तथापि केही नेताहरु भने पछुतो मान्दै खुलेरै राजसंस्थाको पक्षमा वकालत गर्न पनि थालिसकेका छन् । भक्तपुरमा पूर्व राजा ज्ञानेन्द्रको जुन भिड देखियो त्यहाँको शक्तिशाली राजनीतिक दलको साथ नभएको भए सम्भव पनि थिएन । यि र यस्तै दृष्टान्तहरुले पनि अब राजसंस्था अपरिहार्य भएकै हो त भन्ने प्रश्न उब्जिन थालेको छ । 

प्राप्त जानकारीअनुसार, राजा ज्ञानेन्द्रलाई अहिले कीर्तिपुर र ललितपुरबाट पनि भ्रमणका लागि निमन्त्रणा प्राप्त भएको छ । मंगलबजारका स्थानीय जनताको तर्फबाट ललितपुर भ्रमणको निमन्त्रणा गएको तर कहिले गर्ने मिति तय नभइसकेको बुझिएको छ ।

गणतन्त्र घोषणाको १५ वर्षसम्म पूर्व श्री ५ ‘जसले गणतन्त्र घोषणा गराएका थिए, तिनैलाई विश्वासमा लिएर मात्र राजसंस्था पुनर्बहाली हुने’ विश्वासमा थिए । यस अवधिमा उनले पटक–पटक भारतको भ्रमण गरेर विश्वास पुनस्थार्पित गर्ने प्रयास गरेका एि । तर, अहिलेसम्मका प्रयासले परिणाम नदिने देखिएपछि उनले नेपाली जनताकै बलमा राजसंस्था पुनर्स्थापित गर्ने नयाँ रणनीतिका साथ विभिन्न कार्यक्रमको आयोजना गर्न थालेका छन् । 

दलहरुको भ्रामक राज्यसत्ता सञ्चालनका तौतरिकाबाट वाक्कदिक्क भएर जनता अब विकल्पको खोजीमा गइएको निर्वाचनको परिणाम र पूर्व राजा ज्ञानेन्द्रसहित नयाँ शक्तिका राजनीतिज्ञहरु जाँदाको भिडले पुष्टि गर्दैन र ? नदीनाला, खोला, वनजंगल, डाँडाकाँडा, उद्योग धन्दा सबै बेचेर खाएका गणतन्त्रवादी भन्दा राजाले कम्तीमा देश चाहि बेच्दैनन भन्ने विश्वासकै कारणले पनि अब जनता बिस्तारै राजसंस्थाप्रति नै लालयित भएको बुझ्न कठिन होला र ? 

खगेन्द्र कार्की
प्रतिक्रिया