इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पहिलो महाधिवेशन आगामी असार ७ गतेदखि चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको स्थापना दिवस पारेर पहिलो महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा गर्ने निर्णय गरेको नेता प्रकाशचन्द्र परियारले बताए ।बैठकमा पार्टी सभापति रवि लामिछानेले महाधिवेशनसम्बन्धी प्रस्ताव पेश गरेका थिए । महाधिवशेनको मिति तय भएसँगै पार्टी केन्द्रीय समिति आयोजक समितिमा रूपान्तरण भएको छ ।केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरेको छ । महाधिवेशनमा ७७ वटै जिल्लाबाट कम्तीमा २५ सय प्रतिनिधिहरुको सहभागिता हुने अनुमान गरिएको नेता परियारले बताए ।बैठकले जेठ २६ गते बागमती प्रदेश, २७ गते कोशी प्रदेश, २८ गते मधेश प्रदेश, २० गते गण्डकी प्रदेश, ३० गते लुम्बिनी प्रदेश, ३१ गते कर्णाली प्रदेश र असार १ गते सुदूरपश्चिम प्रदेशको अधिवेशन तय गरेको छ ।त्यस्तै पालिका अधिवेशन पनि आयोजना गर्ने तयारी भएको भन्दै परियारले पालिका अधिवेशन हुन नसकेको खण्डमा अहिलेको पालिका संयोजक नै महाधिवेशन प्रतिनिधि हुने व्यवस्था गरिएको बताए ।
खगेन्द्र कार्की
३० बैशाख २०८३, बुधबार ०१:१६ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो