सेन्टर प्लाजामा भएको आगलागीमा फसेका ११ जनाको सकुसल उद्धार

सुप्रिया राई

इटहरी । इटहरीको १० तले भवन सेन्टर प्लाजामा आगलागी हुदा भवनमा फसेका ११ जना लाई सकुसल उद्धार गरीएको छ ।

इटहरीको मुख्य चोकमा रहेको सेन्टर प्लाजामा  विहान ९ ः ३० बजेको समयमा भवनको पाचौ तला बाट अचानाक आगलागी भएको दिउसो ४ः५३ वजे तिर पुर्ण रुपमा आगो नियन्त्रण गरीएको थियो । आगो नियन्त्रण गर्नको लागी नेपाली सेना,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी,परीचालन गरीएको थियो भने आगलागीमा फसेकाहरुको उद्धारको लागी गृह मन्त्रालयले काठमाण्डौ वाट नेपाली सेनाको हेलीकोप्टर पठाएको थियो ।

 आगो नियन्त्रणका लागी दमकलहरु इटहरी उपमहानगरपालीका,दुहवी नगरपालीका,रामधुनी नगरपालीका,धरान,वेलवारी,इनरुवा,वराहक्षेत्र,विराटनगर,प्रदेस प्रहरी कार्यलय विराटनगर,देवानगञ्ज गरी १२ वटा दमकलको प्रयोग गरीएको थियो ।

आगलागी भएको भवन बाट उद्धार गरीएका भोजपुरका मेरीका राई,कैलालीका लक्ष्मी श्रेष्ठ,बराहक्षेत्रका विजय धामी,काभ्रेका विष्ण तामाङ,बंगलादेशका एमडी जय,धनुषाका संजय जसवाल,मोरंगका दिया राय,विराटनगरका विसाल  सिंह,र अन्य २ जनाको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जानकारी गराएको छ ।



सुप्रिया राई
प्रतिक्रिया