कोशी प्रदेशमा पूर्वाधार विकास रिपोर्टिङ सम्बन्धी दुईदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

सुप्रिया राई



इटहरी । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा विराटनगरमा दुईदिने पूर्वाधार विकास रिपोर्टिङ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।


प्रदेश सरकारको कामको प्रभावकारी रिपोर्टिङ गर्न पत्रकारहरुलाई सक्षम बनाउने उद्देश्यले गरिएको कार्यक्रममा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री प्रमुख अतिथिको रूपमा सहभागी थिए। कार्यक्रममा पत्रकारहरुलाई पूर्वाधार क्षेत्रमा भएका सरकारी काम, योजना र उपलब्धिहरूको तथ्यपरक रिपोर्टिङ कसरी गर्ने भन्ने विषयमा जानकारी दिइएको थियो।


नेपाल पत्रकार महासंघ कोशी प्रदेश अध्यक्ष भरत खड्काले संघीयता आएपछि प्रदेश सरकारले बिगतको तुलनामा धेरै सकारात्मक कामहरू गरिसकेको भए पनि त्यसको प्रचार र प्रभावकारी रिपोर्टिङ नभएकोले जनस्तरमा भ्रम फैलिएको बताए। उनले भने, “संघीयता प्रति वितृष्णा बढ्दो अवस्थामा छ, जनतामा प्रदेश सरकारको औचित्य छैन भन्ने धारणा बनिरहेको छ। तर वस्तुगत रूपमा हेर्दा प्रदेश सरकारले पूर्वाधार र आर्थिक समृद्धिमा उल्लेखनीय काम गरिसकेको छ। ती उपलब्धिहरूलाई पत्रकारितामार्फत देखाउन आवश्यक छ।”


कार्यक्रममा भौतिक विकास मन्त्रालय कोशी प्रदेशको सहकार्य रहेको थियो। कार्यक्रमको सहजीकरण पत्रकार रुद्र पंगेनीले गरेका थिए। तेह्रथुम, मोरङ, सुनसरी, ओखलढुङ्गा, र धनकुटा जिल्लाबाट गरी ६५ जना पत्रकारको सहभागिता रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया