इटहरी । इटहरीमा तीस जना एचआएभी संक्रमीत परीवारलाई खाद्यन्य सामाग्री वितरण तथा इटहरी चोकमा दिपप्रज्वल गरेर ३६ औं विश्व एड्स दिवस सम्पन्न गरीएको छ ।
विगतको समयमा भयाभहकरुपमा मानव सभ्यतालाई चुनौती दिने भाइरसको रुपमा देखीएको थियो एचआइभी एड्स ,तर त्यसलाई न्युनीकरण गर्न विश्व लागी परीरहदा अहिले समान्य रुपमा आएको र इटहरी उपमहानगरपालीका पनि संक्रमीतहरुको रक्षाको लागी दिर्घ जीवनको लागी आर्थीक रुपमा भौतीक रुपमा सहयोग गर्न तयार रहेको इटहरी नगरपालीको मेयर हेमकर्ण पौडेलले कार्यक्रममा जानकारी गराए ।
विभिन्न संघसंस्थाको प्रतिनीधीहरु,विधार्थीहरुको सहभागीता रहेको र्यालीले इटहरी नगरपरीक्रममा गरी उपमहानगरपालीका अगाडी कोणसभा गरी तीस जना संक्रमीतको परीवारलाई एकजना वरावर चामल एक वोरा,चना एक केजी,क्वाटी एक केजी,खानेतेल डेढ लिटर,गहुको पिठो दुइ केजी,सोयावीन दुइसय पचास ग्राम,नुहाउने सावुन पाँचवटा,लुगा धुने सावुन पाँच वटा,सरफ डेढ केजी, अण्डा एक क्यारेट,मुसुरो दाल एक केजी,नुन एक केजी वितरण गरीएको थियो ।
कार्यक्रमा स्वास्थ्य निर्देशनालय धनकुटाको जनस्वास्थ्य निरीक्षक तारादेबी सुवेदी,इटहरी उपमहानगरपालीकाको मेयर हेमकर्ण पौडेल,आस्था फाउण्डेसन इटहरीका सञ्चालक चन्द्र वराल,आम्दा नेपालको कार्यक्रम संयोजक रोहित उराउ, माइती नेपाल सुनसरीको कार्यक्रम संयोजक सुनीता कार्की, मानवकल्याण समाज इटहरीका कार्यक्रम संयोजक देवनारायण चौधरी, इटहरी वडा नम्वर ६ का अध्यक्ष दिवस पोखरेल लगायतको उपस्थीती रहेको थियो ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो