लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा धनकुटामा दिप प्रज्वलन र प्रभात फेरी

फाष्ट मिडिया नेपाल संवाददाता

लैङ्गिक हिंसा विरुद्धको १६ दने अभियानको पहिलो दिन धनकुटामा दिप प्रज्वलन र प्रभात फेरी कार्यक्रम आयोजना गरिएका छ ।

धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा र  कृषि पर्यटन प्रवद्धनमा महिला अभियान धनकुटाका अध्यक्ष मन कुमारी(तारा) तितुङ्गको अध्यक्षमा धनकुटाको मदन चौकमा भएको दिप प्रज्वलन कार्यक्रम धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईको प्रमुख आथित्यमा सम्पन्न भएको थियो ।

धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा र  कृषि पर्यटन प्रवद्धनमा महिला अभियान धनकुटाका अध्यक्ष मन कुमारी(तारा) तितुङ्ग  धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राइ,जिल्ला समन्य समितिका सदस्य इन्दिरा याख्खा श्रेष्ठ,धनकुटा महिला बचत तथा ऋण सहकारी संस्थाका लिं धनकुटाका कोषाध्यक्ष विष्णु माया कन्ङ्गवा(कविता),धनकुटा नगरपालिकाका कर्मचारी फुलमाया घिसिङ्ग योञ्जन,कृषि पर्यटन प्रवद्धनमा महिला अभियान धनकुटाका उपाध्यक्ष सिता थापा,सचिव मोती गुरुङ्ग,फोनिजका प्रदेश अध्यक्ष सन्तवीर लामा, छथरजोरपाटी गाउपालिका वडा नं. ३ का वडाध्यक्ष ज्ञान वहादुर लिम्बु,धनकुटा उद्योग बाणिज्य संघका कार्यकारी सदस्य रेजिना पलिखे,सामाजिक अभियान्त खिन्द्र अधिकारी,नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव इश्वर थपा,पत्रकार सन्तोष सुवेदी व्यावसायी सोभित श्रेष्ठ,लगायतले दिप  प्रज्वलित गर्नु भएको थियो ।

यसैगरी लैङ्गिक हिंसा विरुद्धको १६ दने अभियानकै अवसरमा आज धनकुटा नगरपालिकाको आयोजना र विभिन्न संघ संस्थाहरुको सहभागीतमा धनकुटा टुडिखेलबाट शुरु भएको प्रभातफेरीले धनकुटा बजारको विभिन्न भागहरुको परिक्रमा गरी मदन चौकमा समापन भएको अन्तरपाटी महिला सञ्जालका अध्यक्ष अम्विका धमलाले वताउनु भयो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दने अभियानको अवसरमा  आज देखी  मंसिर २४ गते सम्म धनकुटामा विभिन्न कार्यक्रमहरुको आयोजना गरिने धनकुटा महिला बचत तथा ऋण सहकारी संस्था लि. धनकुटा र  कृषि पर्यटन प्रवद्धनमा महिला अभियान धनकुटाका अध्यक्ष मन कुमारी(तारा) तितुङ्गले वताईन ।

विजय राई,धनकुटा


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया