मोरङ्ग ।। सुन्दरहरैचा स्थित विराटचोकमा आज गजल प्रवाह विराटचोकले बृहत गजल प्रवाह दोस्रो श्रृङ्खला प्रस्तुत गरेको छ। प्रसिद्ध गजलकार लोकेन्द्र बञ्जारा, तारा दिप्साली राई र यादव भट्टराईले आफ्नो रचना तथा गजल प्रस्तुत गरेका थिए। साथै गजलकार गणेशबाबु अधिकारीले सहजीकरण गरेका थिए।
कार्यक्रमका संयोजक तथा गजल प्रवाहका अध्यक्ष छवि बैरागी घिमिरेले साहित्यमा युवाहरुको कम प्रवाह भइरहेको र उनिहरुमा साहित्यको कम चेतना भई रहेको अवस्थामा युवावर्ग माझ साहित्यिक रुचि बढाउन कार्यक्रम गरिएको बताएका छन्।
उनले झापा, मोरङ, सुनसरी लगायत विभिन्न ठाउँबाट गजल प्रवाहमा उपस्थित हुने सम्पूर्ण साहित्यप्रेमी दर्शकहरुमा आभार प्रकट गर्दै पूर्ण यस्ता संस्करणहरु आगामी समयमा ल्याउने जानकारी समेत दिएका छन्।
दयाराम कटेल
१४ पुस २०८०, शनिवार ०५:४४ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो