घरायसी विवादले खोटाङमा पनि युवाद्वारा आत्मदाहको प्रयास

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) संवाददाता

इटहरी । खोटाङमा एक युवाले आफ्नै शरिरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । घरायसी विवादपछि आफ्नै शरिरमा आफैले पेट्रोल छर्किएर आगो लगाउदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २८ वर्षिय भोलाकाजी बास्तोला घाइते भएका छन् ।

बास्तोलाले आफ्नै शरीरमा आगो लगाएर आत्मदहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए । आफ्नै शरीरमा पेट्रोल छर्किएर आगो लगाउदा बास्तोला घाईते भएका छन् । बास्तोलाले आफ्नै शरीरमा आगो लगाएको देखेपछि परिवारका सदस्य र छिमेकीले आगो निभाएर बचाएका थिए ।

घाइतेलाई थप उपचारका लागि काठमाडौ पु¥याइएको छ । जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई काठमाडौं रेफर गरिएको छ । बास्तोलाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

खगेन्द्र कार्की
प्रतिक्रिया