इटहरी । भारतबाट भइरहेको दैनिक अवैध माछा आयातका कारण नेपाली माछा उद्योग गम्भीर संकटमा परेको भन्दै नेपाल मत्स्य पालन किसान संघले सरकार र सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।
संघले शनिबार इटहरीस्थित होटल पाल्पसामा “माछा उत्पादन, बजार संरक्षण तथा भारतबाट अवैध माछा आयात नियन्त्रण” विषयक विशेष पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीय माछाको अनियन्त्रित र सस्तो आयातले स्वदेशी उत्पादन बजारमै थन्किन थालेको गुनासो गरेको हो।
संघका अनुसार हाल झापा, मोरङ, सुनसरी लगायतका जिल्लामा करिब ४ हजार टन माछा बिक्रीको तयारीमा रहे पनि बजारमा सस्तो भारतीय माछाले प्रतिस्पर्धा गर्न गाह्रो भएको छ। नेपाल–भारत सीमाबाट दैनिक औसत २० टन माछा अवैध रूपमा भित्रिने र पछिल्लो ९ महिनामा मात्रै करिब १,७०० टन माछा नेपाल भित्रिएको संघको दाबी छ।
वास्तविकतामा, विराटनगर भन्सारमार्फत मात्र ७.६ टन बराबरको माछा इन्ट्री भएको विवरण रहेको भन्दै संघले बाँकी माछा अवैध रूपमा भित्रिएको प्रष्ट पारेको छ।
संघले यो अवस्थाले स्वदेशी माछा पालन व्यवसाय नै धराशायी हुने खतरा बढेको भन्दै सरकार, भन्सार, सुरक्षा निकाय र प्रशासनसँग समन्वय गरी दीर्घकालीन नीति निर्माण गर्न आग्रह गरेको छ।
पत्रकार सम्मेलनमा मत्स्य किसान संघका पधाधिकारीहरुले स्वदेशी उत्पादनको संरक्षणका लागि तत्काल सरकारी पहल आवश्यक रहेको माग गरेका छन्।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो