पाकिस्तानी पूर्व प्रधानमत्री इमरान मुद्दा सुनुवाईको लागि अदालत पुग्दा यता घरमा डोजर

खगेन्द्र कार्की

एजेन्सी

काठमडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान मुद्दा सुनुवाइका लागि इस्लामावाद अदालत पुगेका छन् ।

उनी निस्किनेबित्तिकै लाहोरको जमान पार्कमा रहेको उनको घरमा प्रहरी प्रवेश गरेको छ। प्रहरीको बुलडोजरले गेट तोडेर घर भित्र पसेको छ

उक्त क्रममा प्रहरी र पीटीआई कार्यकर्ताबी झडप भएको थियो । प्रहरीले पीटीआई कार्यकर्तालाई लाठीचार्ज गरेको छ र धेरैलाई पक्राउ गरेको छ ।

जमान पार्कमा प्रहरीको आगमनबारे इमरानले ट्वीट गर्दै भनेका छन्, ‘मेरो पछाडिबाट पञ्जाब पुलिस घर पुग्यो । मेरी श्रीमती त्यहाँ एक्लै छिन् । कुन कानूनबमोजिम यो कारबाही भइरहेको छ ?

उनले यो सबै नवाज शरीफको योजनाअनुसार भएको आरोप लगाएका छन्। ​

इस्लामाबाद जाने बाटोमा कल्लर कहर नजिकै इमरानको तीनवटा गाडी एक आपसमा ठोक्किएका थिए ।

तीव्र गतिका कारण दुर्घटना भएको बताइएको छ । यो ठाउँ राजधानीबाट करिब १ सय ३५ किलोमिटर टाढा छ। दुर्घटनामा धेरै मानिस घाइते भएको समाचारमा जनाइएको छ। 


खगेन्द्र कार्की
प्रतिक्रिया