चालु आर्थिक वर्ष २०८२–८३ को सात महिनामा विप्रेषण आप्रवाह ३९ दशमलव ८ प्रतिशतले वृद्धि भई रु १२ खर्ब ६१ अर्ब एक करोड पुगेको छ ।
केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको चालु आव २०८२–८३ को सात महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह सात दशमलव प्रतिशतले बढेको थियो ।
गत माघ महिनामामा मात्र रु एक खर्ब ९८ अर्ब आठ करोड बराबर विप्रेषण भित्रिएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु एक खर्ब ३७ अर्ब ५० करोड रहेको थियो ।
००००
गैरआवासीय नेपाली संघ ९एनआरएनए० को १२औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनका लागि तीन जनाको उम्मेदवारी परेको छ।
बालुवाटारस्थित निर्वाचन समितिको कार्यालयले सार्वजनिक गरेको सूचीअनुसार नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा तीन जना र महासचिव पदमा दुई जनाको उम्मेदवारी परेको हो।
००००
नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल ९नाडा० को हालै सम्पन्न निर्वाचन प्रक्रियाविरुद्ध परेको रिट निवेदनलाई पाटन उच्च अदालतले खारेज गरिदिएको छ।
अदालतको यो निर्णयसँगै नाडाको नव–निर्वाचित कार्यसमितिको शपथ ग्रहणका लागि कानुनी अवरोध समाप्त भई मार्ग प्रशस्त भएको छ।
००००
हिमाली क्षेत्रमा फेक रेस्क्यू गरी विदेशी पर्यटकको बीमा रकम ठगी गर्ने कार्यमा संलग्न थप एक जना ट्रेकिङ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले पानोरामा हिमालय ट्रेकिङ एण्ड एक्सपिडिसनका सञ्चालक ५० वर्षीय पासाङ शेर्पालाई काठमाडौँबाट पक्राउ गरेको हो।
००००
नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ।
प्रतिनिधि सभा पुनःस्थापनासम्बन्धी मुद्दाको विषयलाई लिएर न्यायाधीशहरूविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता लबन न्यौपानेले बुधबार उनीविरुद्ध मुद्दा दायर गरेका हुन्।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्धको रिटमाथि आइतबारदेखि निरन्तर सुनुवाइ हुने भएको छ ।
बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले सो रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश गरेको हो । रिट निवेदक समेत रहेका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार उक्त रिट निवेदनमाथि अब पूर्ण सुनुवाइका लागि एकैचोटी फाइनल हियरिङमा पठाउने आदेश भएको हो ।
००००
नेपाली कांग्रेसले राष्ट्रियसभामा एकताबद्ध भएर सक्रिय र विशेष जिम्मेवारीपूर्वक प्रस्तुत हुने निर्णय गरेको छ ।
कांग्रेस राष्ट्रियसभाका बहालवाला र नवनिर्वाचित सदस्यहरूको बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।
कांग्रेस राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाको उपस्थितिमा भएको बैठकले गत माघ ११ गते कांग्रेसको तर्फबाट निर्वाचित सदस्यहरूलाई स्वागत गरेको थियो ।
००००
ज्यान मार्ने उद्योग कसुरमा जेल चलान भएका राजीव गुरुङ उर्फ दीपक मनाङे सजाय पूरा गरेर बुधबार जेलमुक्त भएका छन् ।
पाँच वर्ष कैद सजाय तोकिएका उनले विभिन्न चरणमा कैद भुक्तान गर्दै आएका थिए । पछिल्लो पटक उनी डिल्लीबजार कारागारमा विगत १४ महिनादेखि कैद भुक्तान गरिरहेका थिए ।
००००
सोमबार एकै दिन ६ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० निरन्तर ओरालो झरेको छ ।
सोमबार १६२ अङ्कले बढेको नेप्से परिसूचक बुधबार ४६।७८ अङ्कले घटेर २७९६।५७ को विन्दुमा कायम भएको हो ।
००००
देशभर दलित समुदायमाथि हिंसा, बलात्कार र हत्याका घटना बढिरहेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ ।
दलित अधिकारकर्मीहरूले बुधबार दिउँसो काठमाडौंको माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् ।
००००
देशका विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो नेपाल आयल निगम र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा आइरहेका छन्। प्रतिनिधि सभा निर्वाचनअघिदेखि नै काठमाडौं उपत्यकासहित बाहिरका शहरहरूमा ग्यासको अभाव हुन थालेको हो।
काठमाडौं उपत्यकाका कुनै पनि ग्यास डिपोमा तत्काल ग्यास पाउने अवस्था छैन। यसका साथै डिलरहरूमा ग्यास आउनासाथ सकिने गरेको छ। यति मात्र होइन, केही स्थानमा त बिहानैदेखि लाइन लागेर उपभोक्ताहरूले ग्यास लिइरहेका छन्।
मध्यपूर्वमा जारी इजरायल–इरान द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या आउने त्रासले खाना पकाउने ग्यासको माग बढेको हो।
पछिल्लो समय बजारको नियमित खपतभन्दा बढी माग भइरहेका कारणले ग्यास सहज रूपमा नपाइएको नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले बताए।
००००
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।
पछिल्लो समय गोरखा १ र इलाम १ को मतगणना सकिएसँगै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए ।
मतगणना सकिएसँगै फारम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट आयोगमा विवरण प्राप्त हुने क्रम भने जारी रहेको उनले बताए ।
समानुपातिकतर्फको मतगणना सकिएसँगै समानुपातिकतर्फ राजनीतिक दलले पाउने सिट सङ्ख्या निर्धारणको गृहकार्य पनि शुरू भएको आयोगले जनाएको छ । केही दिनमा यो प्रक्रियाले पूर्णता पाउने जनाइएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो