२६२ औ सेना दिवसको अवसरमा भएको १० किलोमीटर दौड प्रतियोगीतामा सरोज लिम्वु प्रथम

सुप्रिया राई

इटहरी ।२६२ औ सेना दिवसको अवसरमा भएको १० किलोमीटर  दौड प्रतियोगीतामा सरोज लिम्वु प्रथम भएका छन् ।

 पुर्बी पृतना हे.क्वा.इटहरीको आयोजनामा भएको दौड प्रतियोगीतामा कोशी प्रदेस स्तरीय दौडको उपाधी सरोज लिम्बुले जितेका हुन भने मौसम राई दोस्रो र यमराज खत्री तेस्रो भएका थिए । त्यसै गरी महिला तर्फ लुद्रीमाया प्रथम सावित्रा लीम्बु दोस्रो र सुधा तामाङ तेस्रो भइन,दौडमा प्रथम हुनेले ३० हजार दोस्रोले २० हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गरेका छन् ।

त्यसै गरी ३ दशमलव २ कीलोमिटर छात्रा तर्फ सुबोध ढकाल,प्रथम,पर्वत पराजुली दोस्रो र समिप राई तेस्रो भएका छन भने छात्र तर्फ रेस्मा दर्जी प्रथम बर्षा राई दोस्रो र कुस्मा भुजेल तेस्रो भइन छात्रा,छात्र तर्फ प्रथम हुनेलाई १५ हजार दोस्रो हुनेलाई १० हजार तेस्रो हुनेले ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।

त्यसै गरी ह्वीलचेयर तर्फ विस्नुकान्त चौधरी प्रथम निराजन कामी दोस्रो र नविराज राई तेस्रो भएका छन् प्रथम हुनेलाई २५ हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेले १० हजार नगद प्राप्त गरेका छन् ।

त्यसै गरी ५ किलोमिटर दौड प्रतियोगीतामा कोशी प्रदेसका सभामुख अमर बहादुर विष्ट,कोशी प्रदेस मुख्य मन्त्री हिक्मत कार्की,उपसभामुख सीर्जना दनुवार,आन्तरीक मामीला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी,पुर्वी पृतनाका उपरथी पवनराज घिमीरे,इटहरी उपमहानगरपालीकाका मेयर हेमकर्ण पौडेल लगायतको सहभागीता रहेको थियो ।

सुप्रिया राई
प्रतिक्रिया