इटहरी । इटहरी–५ स्थित मकालु इङ्लिस स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.० जिपिए हासिल गर्दै विद्यालयमा शीर्ष स्थान हासिल गरेकी छिन्।
विद्यालयका प्रिन्सिपल थानेस्वर ढकालका अनुसार यस वर्ष स्कुलबाट ३१ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए, जसमा सबैजना सफल भएका छन्। तीमध्ये मिसु प्रधानले सबैभन्दा उत्कृष्ट नतिजा ल्याउँदै विद्यालयको शैक्षिक गौरव बढाएकी हुन्।
प्रिन्सिपल ढकालले प्रधानलाई अनुसासि, परिश्रमी र बहुप्रतिभासाली विद्यार्थीको रूपमा चिनाउँदै शैक्षिक क्षेत्रसँगै अतिरिक्त क्रियाकलापहरूमा समेत उनले उत्कृष्ठता प्रदर्शन गर्दै आएको जानकारी दिए। “मिसु प्रधानले विद्यालयको मात्र नभई सम्पूर्ण इटहरी क्षेत्रको शैक्षिक स्तर र सम्भावनालाई पनि उजागर गरेकी छिन्,” प्रिन्सिपल ढकालले भने।
विद्यालय परिवारले प्रधानको सफलतामा हार्दिक बधाई दिँदै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभकामना व्यक्त गरेको छ।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो