इटहरी । महिला सहयोगी समूहकाे आयोजनामा यौन श्रमिक महिलामाथि हुने हिंसा, एचआईभी राेगकाे सचेतना तथा वित्तीय सशक्तिकरणसम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
इटहरीमा सम्पन्न उक्त कार्यक्रममा इटहरी, इनरुवा, झुम्का, बिराटनगर र दुहबी क्षेत्रका ३० जना महिला सहभागी थिए। कार्यक्रमकाे सहजीकरण प्रशिक्षक कासी पोखरेलले गरेका हुन भने पाेखरेल महिला सहयोगी समूहका सल्लाहकार समेत रहेका छन् ।
कार्यक्रममा महिला हिंसासम्बन्धी कानुनी जानकारी, एचआईभी संक्रमण कसरी हुन्छ र त्यसबाट कसरी जोगिने भन्ने विषयमा प्रशिक्षण दिइएको थियाे। यस्ता कार्यक्रमले यौन श्रमिक महिलाहरुमा आवश्यक चेतना र आत्मसुरक्षाको भावना विकास गर्ने अपेक्षा लिइएको छ।
महिला सहयोगी समूहकी कार्यक्रम निर्देशक विमला मल्ल ठकुरीका अनुसार उक्त समूहले होटल, क्याबिन, रेष्टुराँ लगायतका क्षेत्रमा कार्यरत महिला श्रमिकहरुको समस्या पहिचान गरी आवश्यक परे आर्थिक तथा भाैतिक सहयोग गर्दै आएको छ।
साथै, कार्यक्रममा गरिमा विकास बैंक झुम्का शाखाका प्रतिनिधिबाट मोबाइल बैंकिङ, एटीएम, मबचत खाता, मुद्दती खाता लगायतका सेवा सुविधाको जानकारी दिइएको थियो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो