हाम्रो देश आकार र भौंगोलीक हिसाबले मानो भएता पनि धार्मिक, सांस्कृतिक विविध परम्पराले भरिपूर्ण सुन्दर राष्ट्र हो । नेपालका सबै जातजातिका पहिरन, खानेपीत, वर्ग तथा सांस्कृतिक पद्धति अनुसार फरक जात जातिका भिन्नाभिन्नै कुल देवता, फरक(फरक भेषभूषा, भाषा, बोल्ने शैलि, रीतिथिती, चाडपर्व आदि सम्पूर्ण कुरामा विविधता छ । यसै मध्यको सबै भन्दा ठूलो र महत्वपूर्ण चाड हो दशैंतिहार । दशैंतिहारको धार्मिक रूपमा मात्र होइन, सामाजिक, सांस्कृतिक र मनोवैज्ञानिक रूपमा पनि निकै ठूलो महत्व रहेको छ । हाम्रा सबै चाडपर्वहरू कही न कही धर्मसँग जोडिएर आउने गर्दछन् । तर दशैंतिहार जस्ता महत्वका चाडपर्वलाई धर्मसँगमात्र सम्बन्धित नबनाइए परम्परा र संस्कृतिका रूपमा विकसित गर्दै लैजानु पर्दछ । दशैंतिहार नेपालीहरूको मौलिक पर्व पनि हो। दछौं तिहार छठ जस्ता राष्ट्रिय चाडपर्वहरूले राष्ट्रिय एकता र सद्भाव कायम राख्न मधत समेत गरेको हुन्छ साथ साथै नेपाली हुनुको पहिचान र गौरव महसुस गराउँछ । चाडपर्व भनेका राष्ट्रको सम्पती पनी हो, यसको जगेर्ना गर्नु हामी सम्पूर्ण नागरीकको दाहित्व हुन्छ।
हिन्दु धर्मको बहुलता रहेको विभिन्न जाति र भाषाभाषीको बसोबास रहेको हाम्रो देश नेपालमा प्रतेक दिन जस्तो कुनै न कुनै चाडपर्व हरु परिरहेका हुन्छन्। सामाजिक महत्व बोकेको चाडपर्व पारिवारिक र सामाजिक सम्बन्धलाई मजदुत पार्ने तथा नविकरण गर्ने सेतुका रूपमा पनी लिन सकिन्छ । हाम्रो देशमा लिखित कानुनको विकास भन्दा धेरै अगाडि पनि अमन(चयन, सद्भाव र सौहार्दता कायम नै थियो जसको श्रेय संस्कृतिलाई दिन सकिन्छ। जीवलाई विविध भावमा डार्याउँदै नेपाली संस्कृतिलाई निरन्तरता दिई जीवन्त राख्न उत्प्रेरित गरिरहने माध्यम नै हाम्रा चाडपर्वहरू हुन् । प्राय चाडपर्वहरू स्थायि प्रकृतिसँग तादम्यता राख्दछन् भने अर्कोतिर परमारा,सद्भाव, सम्मान र सहिष्णुतालाई आत्मसात गरिरहेको प्रस्ट रूपमा देखीन्छ । के बुढाबुढी, के केटाकेटी, के धनी के गरीब सबैलाई आआफ्नो औकात र गच्छे अनुसार चाडपर्व जात्रा मनाउनमा आस्था, श्रद्धा र गौरव हुन्छ ।
नेपालको बारेमा विदुवान कर्क व्याट्रिकले भनेका पनि छन् नेपाल व्यस्तो देखा हो जहाँ घरभन्दा धेरै मन्दिर छन, मान्छे भन्दा ज्यादा भगवान छन् र वर्षका ३६५ दिनभन्दा धेरै चाहपर्वहरू छन्। उनको यस भनाईले हाम्रो सांस्कृतिक वैभवाको परिचय खोल्छ। यसैले दुनियाँभरमा सबभन्दा प्राचीनतम देखिने चाहपर्व,जात्रादेखि लिएर अनेकन चाखलाग्दा पर्व र जात्राहरू आफ्नो चोखोपन र विशेषता बटुलेर हाम्रो देश नेपालमा परम्परागत रूपा सुरक्षित हुन पाएका छन्। हाम्रा चाड पर्वहरूको उत्पति स्थानीय परम्परा, व्यक्ति विशेषबाट श्रीजना संस्कृतिबाट भएको नभई सनातनी वैदिक धर्मग्रंथ, बिभिन्न धर्मसूत्र, पौराणिक कृत्य र आचार संहितामा उल्लेख गरिएका कृत्य हुन्। यिनलाई मनाउने शैली, नियम साथै वैदिक र पौराणिक काव्यहरूमा उल्लेखित गरिएको देखिन्छ भने सूर्य, चंद्र, तिथि र बारको संयोगात्म र वियोगात्मक मनका रूपमा हाम्रा चाडपर्वहरू रहन पुगेका पाइन्छन। हाम्रा प्रत्येक चाड पर्वहरू मनाउनुको पछाडी विशिष्ट अर्थ र अन्तर्निहित उदेश्य रहेको छ। त्यसको महत्व युगौ युग देखि जस्ताको त्यस्तै रहदैं आएको छ। यी चाड तथा पर्वहरूको अध्ययनले हामी, हाम्रो समाज र हाम्रो समाजिकताको झलकलाई प्राचिन कालदेखि डोर्याएर ल्याएको छ। हाम्रो नेपाली समाज, नेपाली राष्ट्रिय एकता र अखण्डताको शम्रिद्धिकोलागि हरेच चाड पर्वहरु महत्वपूर्ण खाँबोको रुपमा रहेका छन् । हामी सम्पूर्ण, नेपाली हरुमा मानवीय चरित्र निर्माण गराउनुमा प्रतेक पर्वहरूको ठूलो योगदान छ ।
चाड पर्व मान्छे मान्छे बीच, मान्छे र प्रकृति बीच सामंजस्य राख्ने माध्यम हो। अझ भन्दा सम्पूर्ण ब्रहांण्डको कल्याण चिताउने माध्यम हो। यसमा लौङ्गिक कार्य र धार्मिक तत्व समावेश भएको छ । यसबाट हामीले हाम्रो जीवनमा सच्चरित्र निर्माण गर्न मद्भुत पाएका छौ भने आफू जन्मिएको समाजको उन्नति गर्ने हौशला पनि पाएका छौं । आपसी भहिचारा, स्नेह, संबंध, सदाचरण आदि गुण अभिवृद्धि गरि ईश्वर र संस्किति प्रती श्रध्दाभाव जागृत गर्न प्रतेक चाडपर्वहरूको आ(आफ्नै महत्व छ।परिवारको सुख,समृद्धि विधा ( बुद्धि र सम्पत्ति लगायतका भौतिक प्राप्ति तथा आध्यात्मिक शान्तिको कामना गर्दै चाडपर्वसँग सम्बन्धित देवीदेवताको आराधना गर्ने परम्परा रहेको छ । लौकिक चाडपर्वहरू लोकविश्वास अनुसार चलेका हुन्छन् । साउने संक्रान्तिमा लुतो फ्याँक्ने, असास १५ मा दही च्यूरा खाने, साउन १५ मा खीर खाने जस्ता चाडपर्व यिनै लोकविश्वासमा आधारित छन् ।साउनमा लुतो फ्याँक्ने विधान कुनै शास्त्रमा पाइदैन । यसैगरी नेवारी परम्पराअनुसार चलेका जात्राहरू विभिन्न कंवदन्तीलाई आधार मानेर चलेका हुन्छन्। केही चाडपर्वहरू पुराणका घटनासँग सम्बन्धित हुने भएपनि यिनमा लोक विश्वास प्रबल रूपमा हुन्छ । यस्ता चाडपर्वहरूमा एकातिर धार्मिक पक्षलाई पनि जोड दिइएको भने अर्कोतिर मनोरञ्जनको पक्ष पनि उत्तिकै महत्व रहेको हुन्छ। जेहोस् चाडपर्वहरूले सबै मानिसलाई सत्कर्मतर्फ डोहोर्याउने, पारिवारिक तथा सामाजिक सूत्र मजबुत पार्ने काम गरेको हुन्छ।
चाडपर्व भनेको विशुद्ध आफ्नो मनले आफ्नो आर्थिक स्थिती अनुसार मनाउने हो । चाडपर्व मनाउने निउमा आवस्यकता भन्दा ज्यादा तडकभडक गर्नु,ऋर्ण काढेर मनाउनु, त्यो पाछी भविष्यको लागी आफैलाई समस्याको विषय बन्न पुग्छ । हरेक चाडपर्वले विभीन्न खाल्को धार्मिक मान्यता बोकेको हुन्छ।चाडपर्व मनाउनाले हामीमा मनोरञ्जन, आफन्त, साथीभाई सगँ भेटघाट त हुन्छ नै साथ साथै हामी भित्रको नकारात्मक उर्जा निष्क्रिय भएर सकरात्मक उर्जा सकृय हुन्छ भन्ते मान्यता एवम धार्मिक विश्वास छ । हामी चाडपर्व मनाउने क्रममा राम्रो लाउने, मिठोमसीनो खाने गर्छौ तर मिठो मसिनो खाने निहुँमा यहाँ लाखौ जनावर ९खसी, बाख्ररा, रागाँ, कुखुरा० आदी को बली चढाउने गर्छौ । हामीले आफ्नो व्यक्तीगत स्वार्थ पुरा गर्न को लागी अरू निर्मम प्राणी हरुको हत्या गर्नु सरासर गलत हो । माछा(मासुले हाम्रो शरीर लाई स्वास्थ बनाउदैन। माछा-मासु भोजन गर्दा हामीलाई विभिन्न प्रकारको रोग हरु लाग्छन् । अरु जिवन्तु हरुको हत्या नगरी पनि पूर्ण मनोरञ्जनका साथ, स्वास्थकर भोजन ग्रहण गरेर चाडपर्व मनाउन सकिन्छ भन्ने उदाहण हाम्रो गाउँ समाजमा देख्न सकिन्छ । नेपाल चार जात छत्तीस वर्ण को साझा फुलबारी हो, हरेक जात जातिका विभिन्न प्रकारका सांस्कृतीक भोजन हरू छन् जुन माछा(मासु भन्दा निकै स्वादिष्ट र स्वास्तका लागि फाइदा जनक हुन्छ।
हामी मानव जातीलाई यस पृथ्वी मण्डलमा बस्ने जती अधिकार छ, व्यतिनै पृथ्वीमा जन्म भएका सम्पूर्ण जिव जन्तु हरुलाई अधिकार छ। त्यसैत हामी मानव जाती यो संसारकै सबैभन्दा सर्वोकृष्ट प्राणी मानिन्छौ, अरु जिव जन्तु हररूको अधिकार हामीले हनन् गर्नु हुदैन । पृथ्वीमा भएका सम्पूर्ण जिवजन्तु भन्दा शिक्षित, ज्ञानी, दयावान साथै बुद्धी विवेकले भरिपूर्ण भएका हामी मानव समुदायले अरु जिब जन्तुको हत्या गर्नु कदापी न्यायोचीत हुदैन र यो हाम्रो धर्ममा पनि छैन।
हामी हिन्दू धर्माबलम्वी हरुको थुप्रै धर्मग्रन्थ हरू छन् र कुनै धर्म ग्रन्थहरुले हिंसा गर्न भनेको छैन।हिंसा गर्नु महापाप हो भन्ने कुरा प्रष्ट रूपमा हिन्दुहरुको धार्मिक ग्रन्थ हरुमा उल्लेख भएको पाइन्छ। हामी मानिस हरुलाई आफ्नो ज्यान जति प्यारो लाग्छ तेती नै प्यारो सबै जिवजन्तु हरुलाई लाग्छ । हामी सवै यश पृथ्वीमा केही समयको लागी पाहुनाको स्वरुपया आएका हौं, एक दिन सबैले आफ्नो भौतीक शरीर लाई छोर परलोक जानु पर्छ, त्यसैले जती दीन बाचीन्छ तेती जेल सबै प्राणी हरुलाई माया गर्दै, एक आपसमा सदभावको भावना राख्दै बास्नु पर्छ। यसो गरीम भने हामी सबैको शरीर पनी स्वास्थ हुन्छ साथै जिवन पनि हर्सोउल्लासका साथ व्यतीत हुन्छ ।
अहिले समग्र देश चाडपर्वको रौनकमा रंगिरहेको छ र पछिल्लो समय हामी नेपालीहरू माझ चाडपर्वको बेलामा घुमफिर गर्नुपर्छ भन्ने संस्कृतिको विकास भएको छ । यसले आन्तरिक पर्यटनमा पनि टेवा पुगेको छ । भनिन्छ ू दशौं पुस्तकले दिने ज्ञान भन्दा एउटा यात्राले दिने अनुभव उच्च हुन्छ । यात्राका दौरान देखिने समाज र संस्कृतिले हामीलाई जानकारी र नयाँ अनुभव सिकाइरहेको हुन्छ। यो अवसरमा आफ्नो देश चिन्ने र चिनाउने माध्यमका रूपमा पनि उपयोग गरौ। हामी मध्ये अधिकाम्स सामाजिक संजालमा पनि छौ र यसबाट हामी सारा विश्वसंग जोडिएका छौं। यसलाई हाम्रो समाज र संस्कृतिलाई विश्वभरि पुयाउने का माध्यमका रूपमा उपयोग गरौं। चाडपर्व र संस्कृतिको फैलावटले मानिसको पहिचान पनि विस्तार हुन्छ ।
साथै अन्त्यमा, तपाई पाठक वर्गहरु सम्पूर्णमा आउदै गरेको २०८० सालको विजयादशमी,नेपाल समंभत, शुभ दिपावली र छठ पर्वको एकमुष्ठ हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो