मेयर हर्कराज राइकाे प्रमुख आतिथ्यतामा इटहरीमा श्रम सस्कृति पार्टीकाे वडा कमिटी गठन ।

सुप्रिया राई

इटहरी ।   श्रम सस्कृति पार्टीकाे केन्द्रीय अध्यक्ष तथा धरानका मेयर हर्कराज राई (साम्पाङ) काे प्रमुख आतिथ्यतामा इटहरीमा वडा कमिटी गठन गरिएको छ ।

इटहरी वडा नं. २० तरहरास्थित बास्केटबल मैदानमा सम्पन्न कार्यक्रममा इटहरीका वडा नं. १, २, ३, १९ र २० काे कमिटी गठन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष राईले सबैसँग मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “हामी सबै छिमेकी हाैँ, तर छिमेकी भएको नाताले हाम्रो घरकाे हालीमुहाली अरूलाई गर्न दिने छैनाैं।”

उनले अझै थपे, “हामी लडाइँमा विश्वास गर्दैनौं। भौगोलिक दृष्टिले सानाे भए पनि स्वाभिमानका हिसाबले हामी सानाे छैनौं। सार्वभौमसत्ताकाे हिसाबले पनि हामी सानाे छैनौं। चीन जति नै नेपाल र नेपाल जति नै चीन हो — सत्तामा वा समृद्धिमा फरक पर्न सक्छ, तर आत्मसम्मानमा हामी बराबरका छाैं।”

अध्यक्ष राईले विश्वसामु स्वतन्त्र र अस्मितामय राष्ट्रका रूपमा नेपाललाई सधैं दृढतापूर्वक उभ्याइरहने संकल्प व्यक्त गर्दै भने, “हामी युक्रेनजस्ता युद्धमा कसैसँग पनि संलग्न हुने सहमति जनाउने पक्षमा छैनौं। हामी स्वतन्त्र, शान्ति र स्वाभिमानका पक्षधर हाैं।”

कार्यक्रममा पार्टीका विभिन्न नेता, कार्यकर्ता र स्थानीय बासिन्दाहरूकाे उल्लेखनीय सहभागिता रहेको थियो ।

सुप्रिया राई
प्रतिक्रिया