इटहरी उद्योग वाणिज्य संघको आगामी कार्यकालका लागि नयाँ कार्यसमिति गठनको तयारी भइरहँदा हालको कार्यसमितिका केही सदस्यहरूले असन्तुष्टि जनाउँदै पत्रकार सम्मेलन गरेका छन्।
२०७८ सालमा निर्वाचित पुरानो कार्यसमितिको कार्यकाल अन्त्य हुदै गर्दा संघमा नयाँ नामावली नवीकरण दर्ता गर्न केही दिन मात्रै बाकि छ ।
संघले हालैको कार्यसमिति बैठकमार्फत नयाँ नामावली दर्ता गराउन छुटेका व्यापारीहरूलाई सुलभ व्यवस्था मिलाउन आग्रह गरेपछि असन्तुष्ट पक्षले यो निर्णय संघको विधान, लोकतान्त्रिक मूल्य र प्रक्रियाविपरीत भएको बताउँदै आपत्ति जनाएका हुन्।
पत्रकार सम्मेलनमा कार्यसमितिका सदस्यहरू राजेन्द्र केसरी घिमिरे, उमानाथ दहाल, सुरेस कार्की बल बहादुर न्याैपाने, राकेश श्रेष्ठ, ढुण्डीराज गुरागाईं, दिलिप पराजुली, अभिषेक बस्नेत सुभाष गौतम लषायत सहभागी थिए।
उनीहरूले संघलाई , निष्पक्ष वातावरण निर्माण गर्न र गैरकानूनी निर्णयहरू फिर्ता लिन आग्रह गरेका छन्।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो