ट्वाइलेट नपाएर सुरुवाल नै बिगारेका यात्रुका लागि इटहरी चोकमा बनेको शौचालय स्वर्गभन्दा प्यारो

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी  । हिजोका दिनमा बाहिर ट्वाइलेट गरेर पात, ढुंगा वा साह्रो वस्तुले पुछ्दै हिंड्ने नेपालीलाई अहिले पनि त्यस्तो सुविधा सम्पन्न शौचालय चाहिएको छैन । चाहिएको छ केवल लुकेर दिसा/पिसाव गर्ने ठाउँ । २, ढाई दशक अगाडि सम्म इटहरी बजारमा घना बस्ति थिएन । चारैतिर खुल्ला थियो, थिए त केवल झाडी, खोला, खोल्सी। पैनी वा खुल्ला खेतका गरा । तिनै स्थानमा मुन्टो झुकाएर वा लुकेर ट्याइलेट गर्नेको लर्को नै लाग्ने गर्दथ्यो । तर आज इटहरी बस्तिका हिसाबले फेरिएको छ । यहाँका खोला, खोल्सी, पैनी मिचेर गगनचुम्बी भवनहरु बनेका छन् । लुक्ने त कुरै नगरौं आजभोली बटुवा उभिने ठाउँ पनि यहाँ मिल्न गाह्रो छ ।

एउटा ६ महिना अगाडिको दृष्टान्त दिन चाहान्छु । संखुवासभा जान भनेर हिंडेका एक युवा र युवती साइनोमा दाजुबहिनी बताउँथे । उनीहरु गोरखा डिपार्टमेन्ट अगाडि गाडी चढ्न ४ बजे आए । म पनि त्यही बेला त्यहाँ पुगेको थिए । त्यही बेला बहिनीलाई ट्वाइलेट लागेछ । उनीहरु दुई जना चोकमा यता र उता शौचालयको खोजिमा भौतारिए । एउटा होटलको गार्ड बाहिर थिए, उनलाई अनुनयविनय गरे तर गेट खोलेर भित्र जाने अनुमति नभएको उनले बताईरहेका थिए । उनीहरुको कुनै गुन्जायस भएन । कुट्दा कुद्दै सुरुवालमै ट्वाइलेट हुने अवस्थामा पुगेर बहिनी थुचुक्क बसिन । घरतिर फर्किउ भने गाडीको टिकट विचौलियाबाट काटिसकेको अवस्था रहेछ ।

त्यसपछि मैले बताए गाह्रो भएको भए सिटी लिएर इटहरी इलाका प्रहरी कार्यालय अगाडि सामुदायिक अस्पताल छ त्यहाँ सिधै गएर ट्वाइलेटमा पस्नुस् भनेपछि उनीहरु त्यहाँसम्म पुगेर ट्वाइलेट गरेर फर्किएर मलाई धन्यवाद दाई भने । यहाँले ठूलो गुन लगाउनु भयो । गाडी आएकै छैन, चिया खान भ्याईन्छ चिया खाउ है दाई । मैले भने खाईसकें तपाईहरु खानुस् । अनि म पनि त्यहाँबाट हिंडे । अवस्था यस्तो थियो । यस्तो अवस्थामा मात्र दिशा/पिसाव गर्ने ठाउँ चाहिएको थियो इटहरी चोकमा त्यो अत्यन्तै ठूलो र महत्वपूर्ण काम इटहरी उमहानगरले गरेको छ । यसबाट इटहरी चोक भएर चारैतिर जाने यात्रुलाई ठूलो गुन लगाएको छ । यस कारणले पनि यात्रुहरु हर्षित छन्, इटहरी नगरपालिकालाई धन्यवाद दिइरहेका छन् । 

स्वयम्भू बुद्धपार्कबाट भगवानपाउ जाने जंगलको बाटोमा बायाँपट्टि बनेको  नेदरल्यान्डले आयोजना गरेको ‘सरफाती सेनिटेसन च्यालेन्ज’ मा विश्वभरका ८० सरसफाइ संस्थामध्येबाट उत्कृष्ट पाँचमा पर्न सफल शौचालय जस्तो पनि चाहिएन । जुन प्रतिष्पर्धाबाट प्रथम हुनेले १ लाख युरो प्राप्त गर्दछ । त्यो प्रतिष्पर्धी ट्वाईलेट तत्कालको लागि इटहरीले खोजेको थिएन तर सामान्य गर्जो टर्ने प्रकृतिको शौचालय बनाएकोमा इटहरी उपमहानगरपालिका धन्यवादको पात्र बनेको छ । 

इटहरीमा वैशाख यता दुई वटा शौचालय उद्घाटन भईसकेका छन् । नगरप्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत जस्ता पालिकाका किङहरु जावो शौचालय उद्घाटन किन जान्छन भन्नेहरुको पनि कमी छैन तर तिनीहरुले ट्वाईलेट लागेको व्यक्तिले ट्वाइलेट नपाउँदाको पिडाबोध गर्न सके पक्कै पनि स्थान विशेष हेरेर त्यसको महत्व बुझेर त्यसलाई महान कार्य ठान्नेछन् । 

सार्वजनिक शौचालय अभाव झेल्दै आएको इटहरी, यहाँका व्यवसायीक प्रतिष्ठान अनि नगरपालिकाका शासकहरु लज्जित र उपहाँसको पात्र नबनेको कुन वर्ष होला र ? तर ट्वाइलेटको आवश्यकता सामान्य ठाने र बनाउन चाहेनन् । शौचालय जस्तो आधारभुत आवश्यकताको विषयमा ठोस रुपमा हेमकर्ण पौडेल नेतृत्वका उपमहानगरपालिका टिम लागेर त्यो काम पुरा मात्र गरेन अझै विराटनगरलाईन र पश्चिम लाईनमा ट्वाइलेट निर्माण गर्ने अभियानमा जुटेको सुन्दा जोकोहीलाई हर्षित तुल्याएको छ । 


खगेन्द्र कार्की
प्रतिक्रिया