इटहरीमा भएको दौड प्रतियोगीतामा विष्णुकान्त चौधरी प्रथम

सुप्रिया राई

इटहरी । १७ औ अन्तराष्ट्रिय ह्वीलचेयर दिवसको अवसरमा इटहरीमा भएको दौड प्रतियोगीतामा विष्णुकान्त चौधरी प्रथम भएका छन् ।

स्पाइनल इन्जुरी  संघ कोशी प्रदेस इटहरी सुनसरीको आयोजनामा इटहरीको हलगडामा भएको १ कीलोमिटर दौड प्रतियोगीतामा ४ मीनेट ५१ सेकेन्डमा दुरी पार गरी बिष्णुकान्त प्रथम भएका हुन् भने ४ मीनेट ५८ सेकेन्डमा नविराज राई दोस्रो र ५ मिनेट १ सेकेन्डमा निराजन विस्कर्मा तेस्रो भएका छन् ।

त्यसै गरी महिला तर्फ ३ मीनेट ३५ सेकेन्डमा दुरी पार गरी रोसनी लामा प्रथम ४ मीनेट १७ सेकेन्ड दोस्रो चन्द्रीका सरदार,४ मीनेट ३९ सेकेन्ड तेस्रो प्रतिमा दाहाल भएका छन् । महिला,पुरुष दुबै तर्फ प्रथमलाई ८ हजार,दोस्रोलाई ७ हजार र तेस्रो हुनेलाई ४ हजार पुरस्कार प्रदान गरीएको छ ।

 प्रतियोगीताको प्रमुख अतिथी रहेकी इटहरी उपमहानगरपालीकाको उपमेयर संगीता चौधरीले स्थानीय सरकार इटहरी उपमहानगरपालीकाले अपांगता क्षेत्रलाई विषेस प्राथमीकतामा राखेर अन्यमा भन्दा बढिनै बजेड विनियोजन गरेको बताइन ।स्पाइनल इन्जुरी संघ कोशी प्रदेसका अध्यक्ष विक्रम घिमीरेको सभापतित्वमा भएको कार्यक्रममा कार्यपालीका सदस्य दिनेस रसाइली,धरान रनका प्रतिनिधी रोमु राई,राष्ट्रिय अपांग कोष सदस्य सचिव भिमा खतीवडा लगायतको सहभागीता रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया