छठको पावन अवसरमा बुहुली झै सिंंगारिँदै इटहरीस्थित बुढीगंगा मुक्तिघाट तट

खगेन्द्र कार्की

इटहरी । इटहरीमा छठ पर्वको तयारीका क्रममा इटहरीको बुढिगंगा मुक्ति घाट सिगार्ने क्रम जारी छ । 

विगतमा सीमित समुदायमा मनाइँने छठ पुजा आज सबै समुदायमा फिँजिइसकेको छ । छठ पुजाको महिमा र यसको महत्व बुझ्ने जोकोहीले उक्त पुजामा सरिक हुन थालेका छन् । यसैले विभिन्न जातजाति र समुदायमा समेत लोकप्रिय बनेको छठ पर्वले सांंम्प्रदायिक सहिष्णुुता कायम गरेको छ । यसकारण पनि छठ पर्वलाई विशेष बनाउन इटहरीको बुढिगंगा मुक्ति घाटको तटमा झकिझकाउ तरिकाले सजावट गरिँदैछ । आजै साँझदेखि पुजा हुने उक्त स्थानको तयारी करिब करिब अन्तिम चरणमा पुगेको देखिन्छ ।

विगतको इतिहासलाई हेर्दा यस बर्षको उक्त तटमा छैठ पुजाका लागि ३ देखि ४ सय घाट निर्माण हुने आँकलन गर्न सकिन्छ । ठुलै खर्चमा यस पटकको व्यवस्थापन गर्न खोजिएको छ । दृश्यमा हेर्दा खानेपानी, विजुली, बजार व्यवस्थापन र पुजा घाटको व्यवस्थापन आकर्षक देखिन्छ । उद्घाटन र समापनका लागि मञ्च पनि बनाउँदै गरेको आजै बेलुका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले उद्घाटन गर्ने गरी तयारी भईरहेको एक सदस्यले बताएका छन् । उक्त तटमा मांसाहारी, धुमपान, मद्यपान निषेध गरिएको छ ।  एकातिर घाट बनाएर सिगार्ने काम भईरहेको छ भने अर्कोतिर थुनिएको पानीमा बालबालिकादेखि युवायुवती पौडी खेलेर मनोरञ्जन गर्नेहरु पनि देखिन्छन् ।  

आज बेलुका भव्यताका साथ गरिने पुजामा सबैलाई सभ्य रुपमा भव्यताका साथ जुटेर, मन मिलाएर पुजामा सरिक हुन मन्दिरका पुजारी शिव प्रसाद वाग्ले आब्ह्वान गर्दछन् । आजको रात भव्यताका साथ मनाएर भोलि बिहान सूर्यलाई अर्घ र जल चढाएपछि समापन हुने उनको भनाई छ ।

छट पुजामा रमाउन, भिडियो खिच्न र सामाजिक सञ्जालको प्रयोगमा सहजताका लागि इन्टरनेट प्रदायक संस्था वल्र्डलिंकले निःशुल्क वाईफाईको व्यवस्था मिलाइदिएको एक कर्मचारी बताउँछन् । 

हरेक वर्ष भाइ टिकाको एक दिन पछि यो पर्वको विधिवत शुरुवात हुन्छ । नजिकै रहेको नदी, पोखरी तथा तलाउमा पुजाका लागि घाट बनाउने कार्य गरिन्छ । पाँच दिन सम्म मनाइने यो पर्वको पहिलो दिन शुद्ध शाकाहारी भोजन ग्रहण गर्छन । शाकाहारी भोजन ग्रहण गरेर व्रत शुरु तेस्रो दिन व्रर्तालुुले घरको गोप्य कोठामा माटो या गोवरले लिपपोत गरि भगवानको पुजा गर्ने चलन छ । यो दिनलाई खरना पनि भनिन्छ ।

सूर्य उपासनाको पर्व छठ ४ दिनसम्म मनाइन्छ। यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ। नेपालको विशेषगरी तराई ९मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ। यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ।

परम्परा अनुसार छठका दिन साँझ अस्ताउँदो सूर्यलाई जलाशयमा उभिएर पूजासहित अर्घ दिएपछि रातभर नदी तथा तलाउ किनारमा बसी भजनकीर्तन गर्दै भोलिपल्ट सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पुनः अर्घ दिई पूजा विसर्जन गरिन्छ। पवित्र मनले छठ पर्व मनाउँदा पारिवारिक कल्याण, सन्तानसुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ।


खगेन्द्र कार्की
प्रतिक्रिया