मेष – ब्यस्तता र केही जोखिम बढ्ने देखिएपनि विभिन्न अवसरले पछ्याउन सक्छन् । मुद्दामामिला तथा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रयत्न गर्दा अप्ठ्यारा काम सजिलै सम्पादन हुनेछन् । पराक्रम बढ्नेछ, धनलाभको योग छ । कठोर मिहिनेतले महत्वपूर्ण काम बन्नेछ । स्वास्थ्य सबल रहला । तथपि, खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइने सम्भवनाप्रति सजग रहनु हितकर हुनेछ । आफ्नै कमजोरीले परिवारजनमा असन्तुष्टि बढ्न सक्छ, ध्यान रख्नुहोला ।
वृष – रोकिएका काम बनी नयाँ काम सुरु हुने समय छ, तथापि समयमा निर्णय लिन नसक्दा हातमा आएको अवसर गुम्न सक्छ । आजको दिन व्यापारमा विशेष फाइदा हुने देखिन्छ । बहुमूल्य धातु संग्रह गरिएला । सामाजिक प्रतिष्ठा पाइनेछ भने शत्रु परास्त हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिने योग छ । साझेदारीको काम बन्नेछ । दाम्पत्यसुख वृद्धि होला । बौद्धिक काममा सफलता मिल्नेछ । आफन्तको साथले उत्साह बढ्ला ।
मिथुन – मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ । तर, परिवारजनमा केही असमझदारी बढ्न सक्छ, सावधान रहनुहोला । मान-सम्मानमा चोट पुग्ने सम्भावना छ, बोली र व्यवहारमा संयमता अपनाउनु उचित हुनेछ । सामाजिक तथा राजनीतिक पहुँच बढ्नेछ । भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
कर्कट – समय शुभदायी छ । मंगलमय काम सम्पादन हुनेछ । प्रतिष्ठित व्यक्तित्वसँग भेटघाट हुनुका साथै राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुने योग छ । काममा आफन्तको सहयोग जुट्नेछ भने आम्दानी बढ्नाले उत्साह थपिनेछ । स्वास्थ्यसम्बन्धी सामान्य कमजोरी देखापर्न सक्छ, ध्यान दिनुहोला । आफ्नै कमजोरीले हातमा आएको अवसर गुम्न सक्छ । सन्तानसुख र प्रेमभाव बढ्नेछ । कर्मबल वृद्धि होला ।
सिंह – सुखद समाचारले काममा उत्साह जगाउनेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिने समय छ । आत्मीय जनसँग भेटघाट होला । व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्ने योग छ । पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ । खर्च भने केही बढ्ने देखिन्छ । परिवारजनको सहयोगले उत्साह बढाउनेछ । स्वास्थ्यका लागि भारी खानपानमा सजग रहनु हितकर होला । रसरागका क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या – पराक्रम वृद्धि हुनेछ । प्रेम र मित्रताको बन्धन कसिने समय छ । व्यापार–व्यवसायमा राम्रै फाइदा होला । इष्टमित्र वा बन्धुबान्धवको सहयोग प्राप्त होला । भूमिबाट राम्रै फाइदा मिल्ने देखिन्छ । यात्रामा सफलता प्राप्त गर्नुहुनेछ । साथीभाइ र आफन्तजनको सहयोग प्राप्त होला । यात्रागत कार्यबाट धनलाभ हुनसक्छ । अनुसन्धानात्मक अध्ययन गर्नेहरूलाई विशेष फाइदाको दिन रहेको छ ।
तुला – दिन केही चुनौतीयुक्त रहने देखिन्छ । पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउन सक्छ । चिताएको काममा ढिलासुस्ती हुनेछ भने राजनीतिक तथा सामाजिक प्रभाव कमजोर बन्ने योग छ । सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला । दण्ड–जरिवानाको पनि सम्भावना छ, सावधानीका साथ नियमित कार्य गर्नु हितकर हुनेछ ।
वृश्चिक – मिश्रित फलदायी समय छ । व्यापार–व्यवसायमा लगानी बढाउन सकिनेछ । आफन्त, परिवारजनमा आत्मीयभाव बढ्नेछ, तर जीवनसाथीलाई केही पीडा हुने ग्रहयोग छ । स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन सक्छ । सामर्थ्य वृद्धि हुनुका साथै रोकिएको काम मिहिनेतले बन्नेछ । शत्रुलाई जीत्ने क्षमतामा बढोत्तरी हुने देखिन्छ ।
धनु – लामो समयदेखि रोकिएका काम सम्पादन गर्ने समय छ । भौतिक साधनहरू जुट्नेछन् र ब्यापारबाट राम्रै धनलाभ हुने देखिन्छ । कुनै नयाँ काम प्रारम्भ हुन सक्छ । कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा होला । नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका जुर्ला । राजनीतिक पहुँच बढ्नेछ । आर्थिक समस्या पनि समाधान हुने योग छ ।
मकर – विभिन्न अवसरले पछ्याउनेछन् । मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट पनि केही समयलाई मुक्ति मिल्नेछ । रमाइलो भ्रमण गर्ने अवसर प्राप्त होला । तथापि, बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ, व्यवहारमा सावधानी अपनाउनुहोला । सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन् । यात्राको सम्भावना पनि रहेको छ । आयबल बढ्नेछ । काममा नियमकानूनले साथ दिनेछ ।
कुम्भ – खर्च बढ्नुका साथै व्यापारमा केही मन्दी आउने देखिन्छ । घरेलु समस्याले महत्वपूर्ण काममा बाधा पुग्न सक्छ । प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्न सक्छन् । स्वास्थ्यमा पनि केही समस्या आउनसक्ने समय छ । घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । यसा बाबजुद प्रतिष्ठित व्यक्तित्वसँग मित्रता बढ्ने योग छ । कर्मबल बढ्नेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।
मीन – धर्मकर्ममा आकर्षण बढ्ने समय भएपनि चिताएका सबै काम सम्पन्न नहुन सक्छन् । चोटपटकको सम्भावना भएकोले हातहतियार तथा सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ । आर्थिक समस्या समाधान हुनेछ तर पारिवारिक सम्बन्ध अलिक कमजोर बन्न सक्छ । आफन्तजनको साथ मिल्नेछ । मिठो भोजन प्राप्त हुने र मनोरञ्जनमा भुल्ने योग छ ।
फामिने ज्योतिष
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो