विद्यालयद्वारा उत्कृष्ट छात्रा निरजला घिमिरे सम्मानित

फाष्ट मिडिया नेपाल संवाददाता
इटहरी । नसरीको दुहवीस्थित माउन्ट एभरेष्ट सेकेण्डरी स्कुलले विद्यार्थीको पढाईसँगै रचनात्मक शीप र दक्षतामा आधारित विभिन्न उत्पादित प्रतिभाहरुलाई पुरस्कृत र सम्मान गर्दै आएको छ । सोही क्रममा सो विद्यालयले ३३औँ पुरस्कार वितरण समारोहको अवसरमा छात्रा निरजला घिमिरेलाई सम्मानित गरेको छ। वक्तृत्वकला क्षेत्रमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न प्रतिस्पर्धामा उल्लेखनीय सफलता हासिल गरेबापत उनलाई “उत्कृष्ट वक्तृत्व प्रतिभा पुरस्कार २०८२” प्रदान गरिएको हो।
विद्यालयले उनको प्रतिभा, मेहनत र उपलब्धिको कदर गर्दै प्रशंसापत्रसहित सम्मान गरेको जनाएको छ। निरजलाको यस सफलताले विद्यालय तथा समग्र दुहबी नगरनै गौरवान्वित बनेको अनुभूति भएको छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया