‘अजीमा’लाई पुस्तकमा लिपिबद्ध गरी राष्ट्रिय सम्पत्तिका रुपमा राख्न आवश्यक रहेको सभामुख विष्टको सुझाव

सुप्रिया राई

इटहरी । अजीमा महिलाहरुसँग सम्वन्धित छ,  त्यसमा पनि यौनीक तथा अन्पसंख्यक समुदायका मानिसहरुसँग सम्बन्धीत ज्ञानबर्धक कुराहरु भएको कोशी प्रदेश सभामुख अमर बहादुर बिष्टले बताएका छन् ।

इटहरीको इलाइट सीनेमा हलमा प्रदर्शन गरीएको सुनिल बाबु पन्तद्धारा निर्माण गरीएको डकुमेन्ट्री  अजीमा हेरिसकेपछि सभामुख बिष्टले  उक्त कुरा बताएका हुन् । अजीमामा परापुर्बककालमा पनि महिलाहरु आफ्नो हकअधिकार आफ्नो भविष्यको लागी  प्रतिकार गर्ने गरीएको साथै यौनिक तथा अल्पसंख्यक मानिसहरुसँग सम्बन्धीत रहेको  ज्ञानबर्धक समाज र राष्ट्रलाई काम लाग्ने कुराहरु समेटिएको हुँदा यसलाई पुस्तक नै प्रकाशन गर्न सके राष्ट्रको सम्पती हुने पनि सभामुख विष्टले बताए ।

त्यसै गरी दुईहजार वर्ष पहिला बनाइएका मुर्तीहरुमा ६ थरीका लैंङगीक पहिचान भएका मानिहरुको मुर्तीहरु काठमाण्डौमा अहिले पनि छन् । मानव सृष्टीसँगै महिला पुरुष र छ थरीका अल्पसंख्यक समुदायको उत्पती भएको, काठमाण्डौ उपत्यका भित्र रहेका विभिन्न देवीदेवताका मुर्तीहरुको विशेषता र ब्याख्या गरिउको पितृसत्ता र मातृसत्ता हुँदा के कस्तो भिन्नता थियो भन्ने कुराहरु यो अजीमा डकुमेन्ट्रीमा समेटिएको निर्देशक सुनिल बाबु पन्तले जानकारी गराए ।

अजीमाको सो हेर्नको लागी कोशी प्रदेश सांसद सपना परीयार, इटहरी उपमहानगरपालीका सामाजीक शाखा प्रमुख संगीता पोखरेल, महिला सञ्जाल इटहरीको अध्यक्ष योसा गुरागाई, अधिकारकर्मी नुमा लिम्बु चञ्चला, पत्रकार, महिलानेत्री लगायतको उपस्थिति रहेको थियो ।

सुप्रिया राई
प्रतिक्रिया