लैङ्गक हिंसा बिरुद्ध ब्रुसर प्रचार पम्पलेट स्टिकर बितरण कार्यक्रम खनारमा सम्पन्न

सुप्रिया राई

इटहरी । मानव बेचबिखन ओसार पसार नियन्त्रण सम्बन्धि कानुनी सचेतना अन्तरक्रिया तथा लैङ्गक हिंसा बिरुद्ध ब्रुसर प्रचार पम्पलेट स्टिकर बितरण कार्यक्रम खनारमा सम्पन्न भएकाे छ ।

अहिलेकाे समय सापेक्ष मानव बेचबिखन सम्बन्धि कार्यक्रम ब्यापकरुपमा गर्नु जरुरी छ, किनकि यतिबेला छिमेकीले भन्दा धेरै पैसा कसरी कमाउ भन्ने साेच समुदायमा बड्दाे छ। विशेष गरि श्रमिकहरुमा याे समस्या बड्दाे छ,किनकि बिहान देखि बेलुका सम्म काम गर्दा महिनामा १८ देखि २० हजार भन्दा बढि हुदैन ।

श्रीमान कमाउने नहुदा छाेरा छाेरीकाे पालनपोषण घरकाे जिम्मेवारीले गर्दा धेरै पैसा कमाउने प्रलोभनमा परेर बेचिन बाध्य भइरहेको कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भुवन राज पाेखरेलले बताएका छन् ।


 माइती नेपाल परामर्श तथा पुर्नस्गापना गृह सुनसरी,श्रमिक महिला साझामञ्च इटहरीको आयोजना तथा खनार प्रहरी चाैकीकाे सहकार्यमा भएकाे साे कार्यक्रममा माइती नेपाल सुनसरीकाे कार्यक्रम सम्याेजक सुनिता कार्कीले यतिबेला नया तरिकाबाट मानव बेचबिखन हुने साथै मानव बेचबिखनकर्ताहरु एकदमै चलाख हुनेहुनाले एकपटक बेचबिखनमा परेकाहरु लाई उद्वार गर्न धेरै कठिन भएकाे जानकारी गराइन कार्यक्रममा    खनार प्रहरी  चाैकीका सहि उतम कार्की ,महिला वडा सदस गुञ्जा सरदार,श्रमिक महिला साझामञ्चकि अध्यक्ष मञ्जु चाैधरी लगायतको सहभीता रहेकाे थियाे ।

सुप्रिया राई
प्रतिक्रिया