इटहरी । संयुक्त जनअधिकार आन्दोलन नेपालद्वारा आयोजित प्रदेश नम्बर १ स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम इटहरीमा सम्पन्न भएको छ।
इटहरीको पर्णामी मन्दिरमा भएकाे सो कार्यक्रममा लघुवित्तीय तथा वित्तीय शोषण विरुद्ध संघर्ष समिति नेपाल, वित्तीय शोषण विरुद्ध किसान मजदुर आन्दोलन र मिटर ब्याज विरुद्ध किसान मजदुर आन्दोलन गरी तीनवटा संगठनबीच गत कात्तिक १ गते एकता भइसकेको जानकारी दिइएको छ।
सो एकीकृत संरचनामा कबाडी व्यवसायी संघ समेत समावेश भइसकेको जानकारी प्रमुख अतिथि तथा लघुवित्तीय तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले दिएका छन्।
उनका अनुसार चारवटा संगठन एकीकृत भइसकेका छन् र धेरै साथीहरू सक्रिय रूपमा अभियानमा जोडिन थालेका कारण अब वित्तीय, आर्थिक र सामाजिक शोषणको अन्त्य गर्ने लक्ष्य सफल हुने विश्वास गरिएको छ।
कार्यक्रममा चारै संगठनका अध्यक्षहरूले आफ्ना भनाइ प्रस्तुत गरेका थिए। साथै, कार्यक्रममा वित्तीय शोषणबाट पीडित किसान तथा मजदुरहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो