मोरङको उर्लाबारीमा सुन पसलमा लागेको आगो नियन्त्रणका क्रममा रास्वपा वडा सभापति श्रेष्ठ र ४ प्रहरीलगायत २७ जना घाइते

फाष्ट मिडिया नेपाल संवाददाता


इटहरी । मोरङको उर्लाबारीमा लागेको आगो नियन्त्रणका क्रममा उर्लाबारी–७ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति कुमार तामाङ र ४ सुरक्षाकर्मी सहित २७ जना घाइते भएका छन् । 

उर्लावारी–७ बरगाछीस्थित दीपक कार्कीको घरको आगलागी हुँदा उद्धार गर्न खटिएका रास्वपाका वडा सभापति श्रेष्ठलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ भने घाइते सुरक्षाकर्मीमध्ये ३ जनाको नोबेल अस्पताल र एक जनालाई झापाको बीएनसी अस्पताल रिफर गरिएको उर्लावारी प्रहरीले जनाएको छ । 

घटनास्थलमा  खटिएका प्रहरी सहायक निरीक्षक चुडामणि प्रधान, प्रहरी सहायक हवल्दार मनबहादुर घिसिङ, प्रहरी जवानहरू रितिकिरण राई र दिलकुमार आचार्य गम्भीर घाइते भएका हुन् । इप्रका उर्लावारीका इन्सपेक्टर देवेन्द्र दासका अनुसार सहायक हवल्दार घिसिङलाई बी एन्ड सी अस्पताल रिफर गरिएको छ । अन्यको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका लागि पठाइएको छ । स्रोतका अनुसार घाइते प्रहरीको अवस्था गम्भीर छ । 

यस्तै, मंगलबारेमा राति नै स्थानीय लक्ष्मी थापाको गोठमा आगलागी हुँदा लाखौंको क्षति भएको छ । अस्थायी प्रहरी चौकी मंगलबारेका इन्चार्ज टेकबहादुर भण्डारीले  दिएको जानकारी अनुसार आगालगीका कारण डेढ बिगाहा खेतबाट उत्पादित धान,मकै,तोरीलगायतका अन्नबाली गोठमा भण्डारण गरिएको थियो ।  भण्डारण गरिएका सबै अन्न नष्ट भएको उनले जानकारी दिए ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया