बिमल मैनाली
रवि लामिछाने नै रास्वपा, रास्वपा नै रवि लामिछाने भन्ने भाष्य अव मनबाट हटाउनु पर्छ। एउटा सञ्चार कर्मीले आफ्नो क्षमताको प्रदर्शन गरेर उपयुक्त पृष्ठभूमिसहित रास्वपा जन्मायो। अब सञ्चारकर्मीको विज्ञताले मात्र पार्टी चल्दैन । जानेर वा नजानेर होस् दुईवटा नागरिकता / पासपोर्ट केसले उनलाई ठूलै ठक्कर लागेको छ।
नयाँ र पढालेखा जुझारु युवा पुस्ताहरूको वाहुल्यताले आम जनमानसमा पार्टी प्रति सकारात्मक सन्देश दिन पार्टी अग्रसर भएको देखिन्छ। तर पछिल्ला दिनहरूमा अरु पुराना पार्टीहरूभन्दा हामी पक्कै फरक छौँ भन्दाभन्दै पनि कतिपय एजेण्डामा सांसद/पार्टी चुकेको देखिँदै छ।पुरानैसरह सङ्क्रमित बन्दै छ । पार्टीलाई जनताको भरोसाको केन्द्र बनाइराख्न निम्न सुझाब ग्रहण गर्नु जरुरी छ। संसदमा उठाइने एजेण्डा यस्ता हुनुपर्छ र पार्टीले अङ्गीकार गर्नुपर्छ।
- समसामयिक जुनसुकै एजेण्डामा पार्टी सभापतिले तुरुन्तै प्रतिक्रिया नदिने। अनौपचारिक रूपमा नै भएपनि पार्टीका दिग्गज व्यक्तित्व / सम्बन्धित विज्ञसमूह बसेर मात्र धारणा बनाउने।
- सभापतिले बोल्दा पटट नपड्कने, विस्तारै र शालीन ढङ्गले ,सरल भाषामा बोल्ने।
- संसदमा अनावश्यक विषयमा प्रवेश नै नगर्ने। आफ्ना सांसदहरूलाई विज्ञताअनुसार बोल्ने विषयमा प्रशिक्षित गर्ने, संसदमा बोल्दा ठँसठँस गरेर नबोल्ने। हावामा टेबुल नठोक्ने।
- कतिपय सांसदहरूले मन्त्रीलाई सम्माननीय भनेर सम्बोधन गरेको सुनियो,कतिपय ले सभामुख लाई सम्बोधन नै नगरेको पाइयो
यसले रास्वपाका सांसदलाई शोभा दिँदैन।
- मधेशका २२ जिल्ला अन्नका भण्डार हुन्। यी जिल्लामा सबै खेतीयोग्य जमिनमा अनुदानमा डिप बोरिङ् गाड्न र इन्धन( बिजुली / पेट्रोल)मा सहुलियत दिन, बिउ/ मल सहुलियतमा उपलव्ध गराउन, कृषि सडक पुरयाउन, उत्पादित अनाज बजारमा नबिके सरकारले नै किनिदिने प्रत्याभूति दिने। यी जमिनमा बाह्रै काल खेती गर्नै पर्ने नीति खै उठाएको? जुन एजेण्डा पूरा भएमा तराईका यी जिल्लाबाट युवा विदेशिनु पर्दैन ।
- नदी खोला किनारका ४ हजार मिटरमाथिसम्मका सम्म टाहारी जमिनमा लिफ्टिङ् प्रविधि अपनाई सिँचाइको व्यवस्थासम्बन्धी मुद्दा खै?
- काजु/अनार,आल्मड, मरिच,ल्वाङ, जिरा,मेथी,धनिया , फुजी स्याउको पकेट क्षेत्र खै? यिनको विरुवा बिउ अनुदानमा दिने कार्यक्रम खै? पेस्ता /हाडे बदाम उत्पादन र आत्मनिर्भर बनाउने नीति खै? यिनको बजार नभए सरकारले किनिदिने योजना खै?
- कोदो,फापर,गहुँ, मकै, धान, तोरी, केराउ, दाल आदिमा आत्मनिर्भर बनाउने कार्यक्रम खै?
- लसुन/ प्याज पकेट क्षेत्र निर्माण र अनुदामा बिउबिजन दिने व्यवस्था गर्ने।
- मेवाको सुकेको दाना मिसाएको मरिच भारतबाट कतिन्जेल किन्ने?
- जङ्गलका सबैबुढा रुख काट्ने र नयाँ प्रजातीका काठजन्य विरुवा लगाउने नीति खै?
- घरका करेशाबारी बाँझो नराख्ने कार्यक्रम के छ? पहाडबाट बसाइँसराइ कम गर्ने उपाय ?
- स्वदेशी इण्डक्सन चुलो र यिनका भाँडाकुँडा उत्पादन गर्ने कारखाना खोल्ने नीति?
- स्वदेशी सामान ( टायल,धारा अादि)बाट ट्वाइलेट निर्माण गर्ने नीति खै?
- हाम्रा नानीहरूले स्वदेशी पेन्सिल र इरेजर कहिलेबाट प्रयोग गर्न पाउँछन्?
- कृष्णगण्डकीका ढुङ्गालाई पेपरवेटका रूपमा प्रयोग गर्ने नीति खै? सरकारी ढिकुटीबाट तलब खाने सबै राष्ट्रसेवकले स्वदेशी कपडा मात्र ड्रेसका रूपमा अनिवार्य लाउने नीति खै?
- बालेन शैलीको टिकाउ पिच ( रडमाथि ढलान गरि अनि मात्र पिच) सडक मात्र अबआइन्दा किन नबनाउने?
-पार्टी सदस्यहरूलाई उत्पादनसँग जोड्नै पर्छ, यसका लागि भुइँमान्छे र जनजीविकासम्बन्धी सवाललाई सँगसँगै लैजानु पर्छ। प्रत्येक सांसद, केन्द्रीय समितिका सदस्यहरूले आआफनो जिविकोपार्जका लागि उत्पादनसँग जोडिनेगरीको काम अनिवार्य गर्नैपर्ने व्यवस्था गर्ने।
- पार्टीको स्वास्थ्य विज्ञ समूहले पाठ सिकोस् र पार्टीको स्वास्थ्य नीति बनाओस् ।
-केन्द्रीय /जिल्लातहमा मुलुक समृद्धि/भुइँमान्छे र जनजीविकाकासम्बन्धी विज्ञ समूह ( बालेन शैली) बनाउने।
पार्टीलाई उत्पादनसित जोड्ने कार्यक्रम खै? हर्क शैलीको अनुसरण ?
-विभिन्न मुलुकमा, विभिन्न क्षेत्रमा कार्यरत मुलुक समृद्धिसम्बन्धी अभियानको योजनामा उचित सल्लाह दिनसक्ने व्यक्तित्वहरू सम्मिलित बृहत् सम्मेलनको आयोजना गरी कृषि,शिक्षा,स्वास्थ्य, पर्यटन, जलस्रोत,फलफूल,पशुपालन,अेाेद्योगीकरण, पुष्प व्यवसायलगातका विषयमा सुझाब लिने।
अब भने यसैअनुरूपको जनशक्ति योजना तयार गर्ने र शिक्षा नीति तयार गर्ने।
खगेन्द्र कार्की
२७ जेठ २०८०, शनिवार ०४:५१ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो