नेपाल तरुण दल सुनसरीका अध्यक्ष सीजन गुरुङले आफ्नो जन्मदिनमा बृक्षा रोपण गरेका छन् ।

सुप्रिया राई

इटहरी । नेपाल तरुण दल सुनसरीका अध्यक्ष सीजन गुरुङले आफ्नो जन्म दिनको अवसरमा तरहराको पानी पियामा बृक्षा रोपण गरेका छन् ।

समाजमा चेतनामुलक  कार्यक्रम आपदविपदमा निशुल्क स्वास्थ्य सेवा,राहत वितरण लगायत मानवसेवाका कामहरु गर्दै आएको तरुण दल सुनसरीको अध्यक्ष सिजन गुरुङले  आफ्नो जन्म दिनको अवसरमा सयौको संख्यामा तरुण युवाहरुको सहभागीतामा बृक्षा रोपण गरेका हुन् ।

अन्य समयमा पनि बृक्षा रोपण गर्दै आएको भएता पनि तरुण १० विरुवा भन्ने अभियानलाई अगाडी वढाउन पर्यावरणलाई सम्रक्षण गर्नको लागी आफ्नो जन्म दिनमा बृक्षा रोपण गरेको  साथै पर्यावरण भनेको हामी समस्थ यो ब्रमाण्डमा रहेको जीवहरुको प्राण हो र यो प्राणलाई संम्रक्षण गर्नुका निम्ती हामी तरुणहरु एक जुट भएर यो संन्देस प्रवाह गर्न बृक्षा रोपण गरेको तरुण अध्यक्ष गुरुङले जानकारी गराए ।

कम्तीमा आफ्नो जन्म दिनमा छेउछाउको जंगलमा गएर ८,१० वटा विरुवा रोपीदिउ,वनजंगल छेउछाउमा पर्दैन भने जती सकीन्छ  आफ्नो घरवरीपरी विरुवा रोपी दीउ १,२ वटा विरुवाले योे सृष्टीको पर्यावरणलाई जोगाउनको नीम्ती एउटा अतुलनीय भुमीका रहने भएकोले,भोलीका दिनमा आफ्नो जन्म दिनमा हातमा विरुवा लिएर ठाउ ठाउमा बृक्षा रोपण गर्न पनि अध्यक्ष गुरुङले आग्रह गरे ।


सुप्रिया राई
प्रतिक्रिया