काशी प्रदेश विराटनगर निवासी स्व. अमरबहादुर कार्कीको वंशबृक्षमा गरेको सार्थक अभ्यास स्वरुपको एउटा दस्तावेज

खगेन्द्र कार्की

फाष्ट मिडिया नेपाल (फामिने) न्युज डेक्स

इटहरी । सुतार कार्की नेपाली समाजभित्रको एउटा पहिचानको एउटा अंश हो । समाजमा बस्ने विविध जातजाति, भाषाभाषीहरुको आ–आफ्नै विशेषता र पहिचान छ । यहि पहिचान खोज्ने क्रमको पहिलो खुट्किलोको रुपमा उभिएको वंशवृक्ष घृतकौशिकागोत्रका सुतार कार्कीको नभएका कारणले एकआपसमा बन्धुहरु भेला हुँदा गरिने सम्बोधनमा समेत अलमल देखिन्छ । कसले कसलाई के भन्ने आशंका र अन्यौलताका बीचमै सम्बन्ध स्थापित गरेर भलाकुसारी गर्ने गरेका छन् । यहि सम्बन्ध वा नाता छुट्याउने अनि को कसका कति सन्तान भनेर हेरिने दस्तावेज नै हो वंशवृक्ष वा वंशावली । ७७ जिल्लामा छरिएर रहेका सुतार कार्की बन्धुहरुको वंशबृक्ष संकलन गरेर प्रकाशन गर्ने र बन्धुत्व कायम गर्दै एक आपसमा साथ र सहयोग गर्ने उद्देश्यका साथ २०५८ सालमा काठमाडौंमा केन्द्रीय समिति निर्माण भयो ।   

२ दशक भन्दा बढी समयसम्म पनि केन्द्रीय समितिले वंशवृक्षा निर्माणका लागि देशैभरबाट तथ्याङ्क संकलनका लागि पहल गरेको तर निस्कर्षमा पु¥याउन बाँकी रहेको कारणले केन्द्रीय समितिले संकलन गरेका तथ्याङ्कमा थप मद्दत पनि पुग्ने र संकलकको पहिचानमा रहने भन्ने उद्देश्यका साथ कोशी प्रदेशको विराटनगर निवासी अमरबहादुर कार्कीले संकलन गरेको वंशावलीको तथ्याङ्क उहाँको जीवनकालमा पुरा नभएको कारणले उहाँको स्मृतिका रुपमा उहाँकै वार्षिक पुण्यतिथिको दिनमा सार्वजनिकरण गर्ने काम भयो । यो वंशवृक्षको दस्तावेज पूर्ण त नहोला तर सार्थक अभ्यास कहिँबाट नभईरहेको सन्दर्भमा भने सार्थक प्रयासका कोशी प्रदेशको विराटनगर निवासी स्वर्गिय अमर बहादुर कार्की र उहाँको परिवारको योगदान अतुलनीय देखिन्छ ।  यस्ता दस्तावेजले अनुसन्धान र खोजमा थप योगदान पु¥याउनेमा कुनै द्वीविका नरहने हुँदा यस्ता पुस्तक जिल्ला जिल्लाबाट निकल्ने वातावरण अझ सहज हुने अपेक्षा सुतार कार्की बन्धुहरुको रहेको छ । 

भोजपुर जिल्लाको तत्कालिन वासिङ थर्पू गाउँपञ्चायतका पूर्व प्रधानपञ्च स्व. अमरबहादुर कार्कीको वार्षिक पुन्य तिथिको अवसरमा उहाँले संकलन गरेको सुतार कार्की वंश वृक्ष नामक पुस्तक सार्वजनिक गरिएको हो ।

कार्कीले ७ बर्ष लगाएर संकलन गरेको वंशवृक्षको विवरणलाई स्व. कार्कीकै स्मृति पुस्तकका रुपमा पाँच भाइ छोरा र परिवारले स्थापना गरेको अमर फाण्डेशन नेपालमार्फत सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिएको थियो ।

पुस्तक सुतार कार्कीका अभिभावक वयो वृद्धा लक्ष्मीमाया कार्की, पञ्चकन्या मावि आमचोक १ भोजपुरका पूर्व प्रधानाध्यापक पुन्यप्रसाद पराजुली, सुतार कार्की सेवा समिति उदयपुरका अध्यक्ष काशी कार्की, सप्तरीका अध्यक्ष गोविन्द कार्की, आमचोक गापका पूर्व उपप्रधानपञ्च पशुपति कार्की, उहाँका धर्मपन्तीहरु बसन्तदेवि कार्की, रामकुमारी कार्की, पौडेल खत्री का अग्रज धर्म बहादुर खत्री ,घिमिरे बिष्ट सेबा समितिका सप्तरी अध्यक्ष कालुराम बिष्ट ,कालिकोटे खडका सेबा समितिका सप्तरी अध्यक्ष अर्जुन खड्का स्व अम्बर बहादुर कार्की छोरा शंकर कार्की ,बिश्वराम कार्की, देबेन्द्र कार्की, राजेन्द्र कार्की, खगेन्द्र कार्की लगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा बिमोचन गरेका थिए । 

वंशावली पुस्तक बिमोचन कार्यक्रममा वंशावलीको किताब बिक्री बाट आएको रकम अम्बर फाउन्डेसनको सामाजिक हितमा काम गर्न प्रयोग गरिने जानकारी पनि गराईयो । ले देशै भर सामाजिक कार्य र गरिब दुःखीहरुको हितमा लगाउने बताए ।  अम्बर फाउन्डेसनले धार्मिक तथा सामाजिक कार्य गर्न को लागि ५ भाइ छोराहरुले १० लाख बराबरकोको अक्षकोषको स्थापना गरि नेपालभर सामाजिक कार्य गरिने जानकारी दिइयो । यस्ता प्रकाशन भएका वंशबृक्षहरुको संरक्षण र सम्बद्र्धन सहित दस्तावेजमा भएका तथ्याङलाई मूल वंशवृक्षमा समावेश गर्न सहज हुने बताईन्छ ।  


खगेन्द्र कार्की
प्रतिक्रिया